नेपालको इतिहासमा यक्ष मल्ल महान विजेता तथा प्रभावशाली व्यक्तिको रुपमा चिनिन्छ । यिनी अयास्थिती मल्लका नाति तथा ज्योती मल्लका छोरा थिए । यिनका जन्म वि। सं १४६५ मा भएको थियो ।बाबु ज्योति मल्लको शेषपछि वि।सं १४८५ मा राजगद्दीमा विराजमान भएका थिए । यिनी बाबुको शासनदेखि नै राजनीतिमा सकृय थिए । राजा हुने वित्तिकै राज्यलाई विस्तृत र मजबुत पार्न पट्टि लागेका थिए । उनका मन्त्री भिमदत्तको छोरा जयदत्तले भक्तपुरमा बिष्णुमूर्तिको स्थापना गरेका थिए । नेपालराज्येश्वर यक्षमल्ल राजाको विजय प्रचारको समयमा स्थापना भएको हो । भनि लेखमा लेखेका थिए । उनका अभिलेखअनुसार सांगा देखि पश्चिम भक्तपुर काठमाडौँ पाटन फर्पिङ्गमा यिनको पूरा प्रभुत्व छाएको थियो । नुवाकोटको वंशावलिमा नुवाकोटका वैस्प राजालाई हराएर १५३४ मा यक्षमल्ल आफै राजा भएर राज्य चलाइएको पाइन्छ । महापात्र महासामन्त र क्वाठनायकहरुलाई आफ्नो वशमा राखेर केन्द्रलाई शक्तिशाली तुल्याएका थिए । यक्षमल्लले आन्तरिक शक्ति दरिलो बनाएपछि बादा आक्रमण गरि अन्य देशमा पनि विजय प्राप्त गरी आफ्नो शासन कायम गरेका विभिन्न अभिलेखबाट देखिन्छ । कर्क प्याट्किले यक्ष मल्लले मोरङ तथा तिब्बतको शिकारजोङ सम्म जितेको उल्लेख गरेको पाइन्छ । यसरी यक्षमल्ले नेपालको सिमाना निकै फैलाएको देखिन्छ । कतिपय इतिहासकारनले यक्ष मल्लको यस दिगविजयमा शंका पनि उठाएका छन् । यक्षमल्ल भक्तपुरमा बसी शासन गर्दथे । र कान्तिपुर ललितपुर फर्पिङ बनेपा दोलखा आदि क्षेत्रमा पुस्तैनी अधिकार पाएका सामन्त शासकहरुको हैकम चल्दथ्यो । मल्ल राजाकै अधिनमा रहेता पनि यदाकदा केन्द्रसँग सरसल्लाह र सम्झौता गर्नु पर्दथ्यो । यसो नगरेमा शत्रुसँग मिल्न जाने सम्भावना हुन्थ्यो । यदि शत्रुसँग मिल्न गएमा केन्द्र र राज्यलाई हानी नोक्सानी हुने सम्भावना हुन्थ्यो । १५१० जेठमा सांखु ललितपुर फार्पिङ आदि क्षेत्रका सामन्त शासकहरुलाई पशुपतिको धर्मशीला छुवाई शपथ खुवाइएका थिए । ूशत्रुराज्यका कुरा नसुनी ढिला सुस्ती नगरी जो जहाँ छन् त्यहीबाट अघि सरी आवश्यक परेमा संगठित भएर हमला गर्नेूभन्ने कुरा त्यस ताम्रपत्रमा लेखेको छ । दोलखालाई पनि आफ्नो पक्षमा मिलाएर कौकी राज्यको विरोद्धी अभियान चलाएको भन्ने बुझिन्छ । यस अभियानमा सफलता मिलेको देखिन्छ ।
त्यसैले मिथिला र बङ्गाल जितेको बयान गरिएको थियो ।sान्तिपुर शहर लिच्छवीकालदेखि नै राजधानीको रुपमा रहेको थियो । यो शहर सबैभन्दा होचो भएकोले खाई र पर्खालले एउटा दुर्गका रुपमा राखेको थियो । ता पनि पूर्व मध्यकालमा लगातार बाहिरी आक्रमणले गर्दा आजित भएर अग्लो डाँडामा अवस्थित झतपुर शहरलाई राजधानी बनाउनु परेको थियो । उक्त गढ बनाउँदा चारैतिर सुरक्षाके लागि आवश्यक मिलाएर मात्रै आफ्नो बिजय अभियान चलाएको बुझिन्छ । यक्ष मल्लले सैनिक अभियान बाटै आफ्नो मल्ल राज्यलाई पूर्व बङ्गाल पश्चिम गोरखा तथा पाल्पा उत्तर तिब्बतको सिकारजोङ र दक्षिण गंगा सागरसम्म फैलिएको बुझिन्छ । यसरी यक्षमल्ल महान् विजेता तथा लडाकु शासक बने । यक्षमल्ल कट्टर हिन्दु धर्माबलम्बी थिए । तापनि शैव वैष्णव तथा अन्य धर्ममा पनि उनको समान आस्था थियो । यिनका पालामा धेरै मन्दिरहरु निर्माण भएको थियो । यिनका पालामा धेरै मन्दिरहरु निर्माण भएको थियो । बिष्णु शिव गणेश सरस्वती आदि देवदेवीका मन्दिरहरुका अभिलेखबाट थाहा पाउन सकिन्छ । उनले पशुपति मानेश्वरी देवीलाई इष्ट मान्ने गौरीशंकरका अवतार भन्ने प्रशस्ती लिइएको पाइन्छ । नारायणको मूर्ति स्थापनागरि लक्ष्मी नारायण पदबी पनि लिएको थियो । नेपालेश्वर नेपालमण्डलेश्वर निखिलेश्वर चक्रबर्ति आदि जस्ता पदबी लिएको कारणबाट नेपालमा उनी मात्रै एक शासकको रुपमा देखिन्छ । भक्तपुरको टौमढीटोलमा वि।सं १४९६ मा आमा संससारीदेवी र राजा यक्षमल्ल र जीवमल्ल भएर मन्दिर बनाई सुनको छाना र गजुर हाली मूर्ति स्थापना गरी सुन्धारा बनाएको देखिन्छ । आमाको मृत्युहुँदा ठूलो शोक मनाएर सुनको शालिक बनाएर पशुपतिभित्र राखिदिएर आमाको कैलाश बास होस भनेर दान दातव्य धेरै दिएको भन्ने चर्चा पाइन्छ । यक्षमल्ल पशुपतिको दर्शन गरेर मात्र खाना खान्थे तर एक दिन बर्षामा बागमति खोलामा बाढी आएर खोल्न तर्न नसक्दा उनी फर्केर दरबारमा भोकै बसेका थिए त्यस रात सपनीमा श्री पशुपति नाथलॆ दर्शन दिएर भक्तपुरमा नै मन्दिर बनाउने आज्ञा दिए । यक्षमल्लको मृत्यु पश्चात उनकी रानी किर्तिलक्ष्मीले पूजा गरेर सो मन्दिरमा २४ थान सिहंका सुनका टाउका चढाएकी थिइन् । विभिन्न मन्दिर र मूर्तिबाट उनको कला प्रेमी राजाको रुपमा पनि महत्वपूर्ण देखिन्छ । यसरी ५३ बर्षको शासन अवधी पछि ७३ बर्षको उमेरमा उनको मृत्यु भएको थियो । उनका तीन भाई छोरा थिए । राय मल्ल रत्न मल्ल र रण मल्ल । १५३८ मा यक्षमल्लको देहावासन भयो । यक्षमल्लका छोरीका छोरा भीम मल्ल गरी संयुक्त शासन उनको शेषपछि चलेको थियो । जेठा छोरा गद्दीमा बसेपनि तीनै भाई र भानिजको गरि संयुक्त शासन कायम भएको देखिन्ा आउँछ । माइला रत्न मल्ल चतुर थिए । १५१४ मा रत्न मल्लले कान्तिपुरका महापात्रलाई दवाएर आफ्नो शासन कायम गरेका थिए । केही भाइहरुलाई आफ्नो पक्षमा मिलाएर भक्तपुरका केही प्रदेशहरु कब्जा गर्न थाले । सुरुमा नुवाकोट र पछि ललितपुरमा समेत आफ्नो अधिकार कायम गरे । त्यरपछि आफ्नो भाइ रणमल्ल र भमनिज भिम मल्ललाई उचाल्न थाले । फलस्वरुप बनेपा सात गाँउ रणमल्लको शासन कायम भयो । यसरी कान्तिपुर र बनेपा स्वतन्त्र हुन पुग्यो । मल्ल राजखलकमा गृहकलह भएको मौकामा दोलखामा सामन्तहरुले टाउको उठाउने चेष्टा गर्न थाले। रत्न मल्लले कान्तिपुर तथा अन्य अन्य क्षेत्रलाई स्वतन्त्र बनाएकोमा राय मल्लले मान्यता दिएनन् । तर उनी आफैँ कमजोर पनि थिए त्यसकारण उनी हामी सवै भाइको संयुक्तहो भन्ने मात्र गर्दथे । उनले राखेको सम्पूर्ण अभिलेखमा राय मल्ल रत्न मल्ल राम मल्ल आदि सवै भाइ भासनजमो समेत संयुक्त शासन चलेको उल्लेख गरेका छन् । युबाट राय मल्ल जीवित छउन्जेल राज्य टुक््रुेको थिएन कि भन्ने भान पनि पर्दछ ।तर स्थिति अर्को थियो । यिनीहरुमा मेलमिलाप थिएन । १५५१ को भक्तपुरको यक्षेश्वर मनिदरको अभिलेखमा यो कुराको संकेत पाइन्छ । १५५२ को पशुपतिको भणडार अभिलेखमा स्पष्ट रुपले यिनीहरुको मेलमिलाप नभएको देखिन्छ । सो ताम्रपत्रमा भाइहरु र भानिजको संयुक्तको समूहले भत्तपुरका दाजु राय मल्ल र अरु भाइहरुको विरुद्ध एक हुन धर्म भाकि गरेको देखिन्छ । भक्तपुरेहरु कान्तिपुरे र ललितपुरेहरुलाई आगोपानि बन्द गरेर तथा राँको लगाएर दुःख दिने गर्दथे । राय मल्लको अन्तिम अवस्थामा झन सम्बन्ध विग्रेको देखिन्छ । १५६६ मा राय मल्लको मृत्युहुँदा रत्न मल्लले अग्नि संस्कार गर्ने अनुमति समेत दिएनन् । यसर्थ मल्ल राज्यको विभाजन यक्षमल्लका छोराहरु बिशेष रत्न मल्लको महत्वकांक्षी स्वभावले गर्दा भएको हो । यक्षमल्ल मरेको धेरै बर्ष पछिमात्र अनेक राज्यहरु देखा परेका हुँदा यक्षमल्लले राज्य विभाजन गरे भन्न मिल्दैन ।
ReplyDelete