नेवार भन्ने शब्दले नेपालको एउटा मूलबासी भाषिक समुदायलाई जनाउंदछ। नेवारहरूको मूलथलो काठमाडौं उपत्यका हो। [१] नेवार कुनै जात वा जाति वा जनजाति वा नश्ल वा धर्म विषेश होईन । नेवार एउटा भाषिक समुदाय हो, नेपाल-वासी (अहिलेको काठमाडौं उपत्यका) को साझा संस्कृति हो। नेवार भित्र कयौँ मूल-जातिहरू छन - (आदिबासी, किरांत, कन्याकुब्ज, बंगाली, राजस्थानी, आसामी, तिबत्ती, मैथिली, आदि)। नेवार भित्र सनातन धर्म अन्तर्गतका धेरै सम्प्रदाय हरु छन - (शैव, शाक्त, तान्त्र, वैदिक, वज्रयान, महायान, नाथ, वैश्नव, आदि)। नेवार भित्र ४ जात-वर्ण (ब्राह्मण, क्षत्रीय, वैश्य, शुद्र) र यस भित्र थुप्रै उप-जातहरू रहेका छन (ज्यापू, श्रेष्ठ, क्षत्रीय, गुभाजू, उराय, सायमी, ब्राह्मण, नाय, गथु, भा, द्यला, आदि)। यसैगरी नेवार भित्र मूलत: ३ नस्ल छन - आर्य, द्रविड, मंगोल । नेवार समुदाय साँस्कृतिक रूपले निकै सम्पन्न जाति हो ।
थर वर्गीकरण
नेवार समुदायमा पेशाका आधारमा जात र थरहरु छुट्याईएका छन् ।
- वैश्य-ब्यापार तथा व्यवसायलाई सधैंभरी आफ्नो पेशा मान्दै आएका लाई तुलाधर, बनिया, आदि ।
- वैश्य-ब्यापार तथा तामाको काम गर्नेलाई ताम्राकार,
- वैश्य-ब्यापार तथा काँस धातुको काम गर्नेलाई कंसाकार,
- इट्टा, झिंगटी, टायल पोल्नेलाई अवाले, अवा,
- माटाका साधन भाडाकुडाँहरू बनाउनेलाई कुमाले, प्रजापति,
- मिठाईजन्य पदार्थ बनाउनेलाई मधिकर्मी, राजकर्णिकार,
- फूलबारीमा काम गर्नेलाई माली, मालाकार,
- प्रायः खेतिपातीको काम गर्नेलाई ज्यापु, महर्जन, डंगोल, सुवाल, तण्डुकार, बलामी, आदि,
- तोरीको तेल पेल्ने अर्थात् तेलहनका व्यवसाय गर्नेलाई सायमी वा मानन्धर,
- फलामजन्य कार्य गर्नेलाई नकर्मी र कौले,
- कपाल अथवा केश काट्नेलाई नापित,
- चित्र लेख्ने र कोठा रंगाउनेलाई पुँ वा चित्रकार,
- लुगामा रङ्ग लगाउनेलाई छिपा वा रंजितकार,
- पालकी बोक्ने लाई दली, पतवार,
- बाजा बजाउने र लुगा सिउने अछुत मानिने वर्गलाई कपाली, कुस्ले, जोगी,
- मासुका कारोबार गर्नेलाई खड्गी,शाही, कसाईं,
- छाला संबन्धी काम गर्ने अछुत मानिएको वर्ग लाई कुलु,
- सर-सफाई गर्ने अछुत मानिएको वर्गलाई सुवर्णकार, पोडे, च्यामे, द्योला, हालाहुलु,
- बौद्द पुरोहित वर्ग लाई गुभाजु, बज्राचार्य,
- बौध मन्दिर पुजारी र सुन-चाँदिका गहना बनाउने काम गर्नेलाई बन्देजु, वरेजु वा शाक्य,
- हिन्दू वैदिक ब्राह्मण वर्ग लाई राजोपाध्याय, द्य ब्राह्मण,द्योउभाजु,
- हिन्दू तान्त्रिक पूजारी लाई कर्माचार्य, आचाजु,
- हिन्दू मन्दिर पुजारी लाई तिर्हुतबाजे,
- ज्योतिशी गर्ने लाई जोशी, दैवज्ञ,
- हिन्दू क्षत्रीय वर्ग र सरकारी/प्रशासनिक र जमिनदारी व्यवसाय गर्नेलाई मल्ल, प्रधान, मास्के, अमात्य, राजभण्डारी, कायस्थ, वैद्य, श्रेष्ठ, आदि
जंको सम्पादन
ReplyDeleteबुढाबुढी भएपछि नेवारहरूको जंको गर्ने चलन छ। सकेसम्म परिवार, समाज र देशको लागि धेरै काम गरिसकेको हुँदा त्यसै कार्यको उच्च मूल्यांकन गरी सम्मान गर्ने र उसको सुस्वास्थ्यको कामना गर्दै लामो आयु होस् भन्ने मनसाय राखी उनीहरूबाट आशिर्वाद थाप्ने हो। साँस्कृतिक मान्यता अनुसार मनुष्य यति लामो आयु बाँचेपछि देवता सरह भएको मानिन्छ र त्यसै अवसरमा यो कार्यक्रम गरिन्छ। त्यसैले जंको गरिसकेका बुढाबुढीहरूले भनेको मान्ने कोसिस गरिन्छ। उनीहरूलाई चित्त दुख्ने काम गरिंदैन। बुढा भएसम्म बुढाको उमेर अनुसार साइत हेरेर दुबैको जंको गर्छ। बुढी मात्र रहे उनकै उमेर अनुसार साइत हेरेर जंको गर्छ। तर पहिला बुढासँगै जंको गरिसकेको छ भने फेरि गर्नु पर्दैन। थरीथरीको बुढाजंको हरू यसरी मानेर आएको देखिन्छ:
क) भीम रथारोहण(पहिलो जंको )- उमेर: ७७ साल, ७ महिना, ७ दिन, ७ घडी, ७ पला। ख) चन्द्र रथारोहण(दोश्रो जंको )- जन्म भएर एक हजार पटक चन्द्रमा दर्शन हुने बेलाको साइतमा ८२ बर्षको उमेरमा लाख बत्ती बालेर गरिन्छ। ग) देव रथारोहण(तेश्रो जंको )- उमेर: ८८ साल, ८ महिना, ८ दिन, ८ घडी, ८ पला। यस बेला जंको गरिएको बुढा वा बुढीलाई रथयात्रापछि झ्यालबाट भित्र्याइन्छ। घ) दिव्य रथारोहण(चौथो जंको )- उमेर: ९९ साल, ९ महिना, ९ दिन, ९ घडी, ९ पला। यस बेला सम्म बाँचिरहने बुढाबुढीलाई नयाँ घ्याम्पोमा राखेर घ्याम्पो पूजा गरिन्छ। त्यसपछि फेरि बच्चा जन्मेको भावले घ्याम्पो फुटालेर निकाल्ने गरिन्छ । यसबेला पांग्रा भएको रथमा राखेर घुमाउन लैजान्छन् । नाति पतातिहरूले रथ तान्ने र छोरा छोरी ज्वाँईहरूले लावा अबिर छर्कने गर्छ । यस बेलाको रथलाई दिव्यरथ भन्दछन्। ङ) महादिव्य रथारोहण(पाँचौं जंको )- उमेर: १०८ वर्ष, ८ महिना, ८ दिन, ८ घडी, ८ पला । अष्टमा टेकेको बेला केही अनिष्ट नहोस् भन्ने कामना गरेर यसबेलाको रथलाई महादिव्य रथ राखिएको छ।