Saturday, October 31, 2015

my thinking काग तिहार

हिन्दुहरुको दशैं पछिको दोश्रो महान चाड तिहार आजबाट सुरु भयो तिहारको पहिलो दिन आज अर्थात् काग तिहार (काग पुजा वा काग पर्व), कागहरुको पुजा गरेर तथा मिठाईहरु दिएर मनाइयो। यसै(काग तिहार) सम्बन्धि केहि जानकारी यहाँ प्रस्तुत गरिन्छ।
नेपालमा मनाइने दोस्रो ठूलो पर्वको रूपमा तिहारलाई लीने गरिन्छ | जसरी नवरात्री नौ दिन सम्म मनाईन्छ, त्यसै गरि तिहारलाई पांच दिन सम्म मनाउने प्रचलन छ जसलाई यम पञ्चक भनिन्छ | यस पर्वमा काग, गाई आदिको पूजा गरेर मानब र प्रकृति बीचको सौन्दर्यतालाइ आत्मसात गरिन्छ | यहि तिहार पर्वको मूल मर्म हो | दिपावलीको रमझम सबैतिर छाएको हुन्छ | सबैको मनमा आनन्दको बर्षा हुन्छ | देउसी भैलो गाएर मनोरंजन गरिन्छ

तिहारका पाँच दिन हुन्छन् जसलाई यम पञ्चक  भनिन्छ । यो बेलामा यमराज अर्थात काल पनि विदामा हुन्छन रे उनी बहिनी यमुनासँग बसेर टीका लगाउँछन् रे । भाइ टीका हुन्छ यम पञ्चक को अन्तिम दिन । दिदी बहिनीले दाजु भाइलाई निकै श्रद्धाले टीका लगाइ दिन्छन् त्यस दिन । चामलको भिजाएको पिठोको निधारमा ठाडो धसो्र बनाएर त्यसमा सप्तरंगी टीका अडाइ दिन्छन् दिदी बहिनीले । त्योभन्दा अघि पुजा गर्छन् । ओख्खर फुटाउँछन् । टीका लगाउन बसेका दाजुभाइलाई तेलको घेराले घेर्छन् । टीकापछि गलामा मखमली फूलको माला लगाइ दिन्छन् । दिदी बहिनीले बनाएको तेलेको घेरा नसुकुन्जेल, मखमली नओइलाउनजेल दाजुभाइलाई कालले लैजान सक्दैन भन्ने कथन तिहारसँग जोडिएको छ ।

तिहार यानी यम पञ्चक को पहिलो दिनलाई काग तिहार भनिन्छ-जुन दिनमा हिन्दुहरु कागको पुजा गर्छन। कागको श्वोरले दुख र समस्याको संकेत दिन्छ। काग तिहारको अवसरमा धार्मिक मान्यता अनुसार कागलाई पुजा गरी विभिन्न खानेकुरा दिइन्छ। हाम्रो समाजमा कागलाई सन्देश बाहकको रुपमा लिइन्छ।परापुर्व कालमा यमराजकी बहिनीको लागि संदेशबाहकको काम गरेकोले कागको पनि पुजा गर्नुपर्ने चलन रहिआएको जानकारहरु बताउछन|

Wednesday, October 28, 2015

पाटन दरबार

पाटन नगरपालिकामा रहेको नेपालको मल्ल कालिन एक दरवार हो । यहाँ रहेको कृष्ण मन्दिर जयस्थिति मल्ल्ले निर्माण गरेका हुन । काठमाडौँ उपत्यकाका प्रसिद्ध ३ शहरहरूमध्ये पाटन सबैभन्दा पुरानो शहर मानिन्छ। प्राचीनकालमा यसलाई युपग्राम, यल, मनिङ्ल, ललितपत्तन, ललितापुरी आदि नामले पुकारिन्थ्यो। पाटन शहर बरदेवले स्थापना गराएका हुन्। प्राचीन पाटनको बीचमा रहेको पाटन दरबारक्षेत्र एक प्राचीन स्मारकको धरोहरका रूपमा छ। सत्रौँ शताब्दीदेखिका कला र सांस्कृतिक सम्पदाले यो क्षेत्र सिँगारिएको छ। यो दरबारक्षेत्र केवल राजपरिवारको बासस्थानका रूपमा मात्र नरहेर तिनताकाको प्रशासनको मूलकेन्द्र पनि थियो। पाटन दरबारको जग यसैले हालेको भनी हालसम्म कसैले पनि ठोकुवा गर्न सकेको पाइँदैन। तथापि सन् १०२४-१०४० सम्मको अवधिमा लक्ष्मीकामदेवले गरेको भन्ने किंवदन्ती भने भेटिन्छ। वि. सं. १६७५ तिर पाटनका स्वतन्त्र राजा भएका सिद्धिनरसिंह मल्लले तत्कालीन मनिङ्गल राजप्रासादलाई विस्तार गर्नुका साथै कलाकृतिले सिँगारेका कुरा इतिहासले देखाउँछन्। उनले नै आफ्ना इष्टदेवता तलेजु भवानी (तुलजा भवानी)को सानो मन्दिर पनि त्यहाँ बनाए। साथै देगुतले मन्दिरको पनि निर्माण गराए। पाटन दरबारको महत्त्वपूर्ण अंग सुन्दरीचोक पनि एक हो। यसको निर्माण पनि सिद्धिनरसिंह मल्लले नै गराएका थिए। सुन्दरीचोक नजीकैको तुसाहिटी धारा ज्यादै आकर्षक छ। सन् १६९३मा मुख्य दरबारको पश्चिमपट्ट निर्माण गरिएको शिखरशैलीको २१ गजुर भएको विशुद्व प्रस्तरजडित कृष्णमन्दिर यस क्षेत्रको आकर्षणको केन्द्रबिन्दुका रूपमा छ। कृष्णमन्दिरकै छेउमा रहेको नेपाली वास्तुकलाको उत्कृष्ट नमुनाका रूपमा रहेको भीमसेनको मन्दिर श्रीनिवास मल्लले बनाएका हुन्। यसै क्षेत्रमा रहेको प्रसिद्ध मणिमण्डपको निर्माण वि. सं. १७५८मा योगनरेन्द्र मल्लले गराएका थिए। यी राजालाई आजसम्म पनि जीवित राजाका रूपमा मानिन्छ। दरबारको उपल्लो तलाको पश्चिमपट्टीको एक कोठाको झ्याल खुला राखी उनका लागि एउटा शयनकक्ष अद्यापि तयार नै राखिएको छ। दरबार अगाडि रहेको आफ्नो शालिकको टाउकोमा एउटा चरा पनि छ। उनले आफू मर्ने बेलामा त्यो मानवनिर्मित चरा उडेर नगएसम्म आफूलाई ज्युँदै छ भन्ठान्नू भनेका थिए भन्ने भनाइ छ।

चोकहरू
पाटन दरबारमा मुख्य ३ वटा चोकहरू छन्। ती हुन्- केशवनारायणचोक, मूलचोक र सुन्दरीचोक। केशवनारायणचोक सबैभन्दा पुरानो चोक हो। यसको निर्माण यसै व्यक्तिबाट भएको हो कतै किटान भएको पाइँदैन। तैपनि वि. सं. १७३१ तिर राजा श्रीनिवास मल्लको शासनकालमा यसको जीर्णोद्दार भएको पाइन्छ। पाटन दरबारमा मल्लकालमा विभिन्न ७ वटा चोकहरू (न्हुछे आगन, किसी, सहापु, न्हासल, दाफोस्वाँ र कुमारी) थिए

काेटपर्व

कोतपर्व नेपालको इतिहासमा सबैभन्दा ठूलो हत्याकाण्ड हो । यो काण्डले तत्कालिन नेपालको अस्थिर राजनीतिलाई १०३ बर्षे राणा शासनतिर सुम्पेको थियो । यही काण्डले जंगबहादुरको उदय भएको थियो । वि.सं. १९०३ भदौ ३१ गते राति पूर्व महारानी राज्यलक्ष्मीको प्रिय पात्र तथा मन्त्रिपरिषद्का सदस्य गगनसिंह खवासको रहस्यमय ढंगले गरिएको हत्यारा पत्ता लगाउन महारानीको आदेशले वि.सं. १९०३ असोज २ गते शनिबार राति सबै भारदारहरूलाई कोतको परिसरमा जम्मा हुने आदेश अनुसार कोतमा भेला भए । गगनसिंहको हत्यारा पत्ता लगाउने सिलसिलामा एक अर्कामा भनाभन हुँदा जंगबहादुर राणाका मानिस युद्दवीर अधिकारीद्वारा सर्वप्रथम अभिमानसिंह बस्नेत मारिएपछि स्थिति चर्किदैँ हात हालाहाल तथा गोली हानाहान हुँदा अभिमानका साथसाथै त्यतिखेर नेपालका प्रधानमन्त्री फत्तेजङ्ग शाह, दलभंजन पाण्डे लगायतका ४० जनाको हत्या भएको कोतको परिसरमा रगतको खोला बग्यो । यस्तो विभत्स र दु:खलाग्दो स्थितिको फाइदा उठाएर जंगबहादुर प्रधानमन्त्री बने र १०३ वर्षको राणा शासनको उदय भयो । यस पर्वमा चौतारिया,बस्नेत,पाण्डे,थापा,बिष्ट आदि एक चिहान बने भने बचेका जंगबहादुर र उनका भाईहरु शक्तिशाली भएर उदाए । यस पर्व संगै जंगबहादुरले सत्ता आफ्नो हातमा लिएर प्रधानमन्त्री बने र फलतः १०४ वर्षको क्रुर राणा शासनको उदय भयो

Sunday, October 18, 2015

दुर्गमासुरकाे वध

हामीले भागवतहरूको अध्ययन गर्यौं भने देवी देवताहरूको र दैत्य/दानव बीचको द्वन्द्व, युद्धका कथाहरू निकै पढ्न तथा सुन्न पाउँछौं । यी कथाहरूको श्रवणमा ध्यान दिने तथा सुनाउने काम सूतजीले ऋृषि मुनिहरूलाई गर्नुहुन्छ -

एक दिनको कुरा हो सबै मुनिहरूले सूतजीलाई दुर्गा देवीको कुनै एक अद्भुत/अनौठो खालको कथा सुनाउनको लगि अनुरोध गरे । महाप्राज्ञ सूतजीले पनि दुर्गा देवीका धेरै कथाहरू सुनाइ सक्नुभएको थियो । त्यस दिन भने सूतजीले दुर्गम नामको असुरको वीरता र उसबाट गरिएको आतङ्कबाट देवलोकका देवी देवता र स्वर्गलोक नै आफ्नो अधिन बनाएको कथा श्रवण गराउनु भयो । जब दुर्गमासुरले सबै चिज आफ्नो अधिन बनायो तबदेखि देवताले आफ्नो यज्ञभाग पाउन छाडे ।

यज्ञभाग पाउन छाडेपछि देवता भोकै रहन वाद्य हुन पर्यो । उसले देवताहरूमाथि विजय हाँसिलमात्र नभै चारै वेदलाई पनि आफ्नो अधिन बनायो । यसरी वेद नै दुर्गामासुरले आफ्नो अधिन गरेपछि सबै वैदिक कार्यहरू रोकिन गए । सारा वैदिक कार्यको अवरोधको कारणले गर्दा पृथ्वीतलमा सयवर्षसम्म खडेरी पर्यो । पानीको अभावमा तीनै लोकमा हाहाकार मच्चियो । अन्न, फलफूल, तरकारी तथा वनस्पतिहरू उत्पादन हुन छाडे । समुद्रहरू सुक्न थाले ।

यस्तो आपतकालीन समयमा देवताहरू योगमायाको शरणमा गए र देवीको आराधना गर्न थाले । देवताले देवीका विविधनामबाट प्रार्थना गर्दै गए । महामाया तिमी रिसाउन भएन, तिमी दयाकी सागर हौ । दीन दुखीकी बन्धु हौ ।तिमीले शुम्भ, निशुम्भ,, धूम्राक्ष, चण्डमुण्ड, रक्तवीज मधु कैटभ, महिषासुरको वध गरेर हामी सबैको रक्षा गरकी थियौ भने आज पनि हामी सबै दुर्गमासुरबाट धेरै पीडित भयौं, तिमी नै यस्ति माता हौ जो आफ्ना सन्तानलाई रक्षा गर्नको लागि विविधरूपमा अवता लिन्छ्यौ र सबैको रक्षा गर्दछ्यौ ।

देवताका यी बचनबाट आफ्नो प्रशंसा गरेको देखि देवी प्रशन्न भएर देवताको अघि प्रकट भइन् र देवतालाई सोधनी गरिन् । देवताले पाएको दुःखलाई देखेर उनको मन भक्कानियो मायाले भरिएका नयनजल तप तप खस्न थाले । देवी नौ दिन नौ रात रुँदी भइन् । यसरी देवीका बलिन्धारा आँसुका तप्कनले सबैको प्यासलाई लृप्ति गरिन् । सुकेका सबै खोलानाला, समुद्र आदि भरिन थाले पृथ्वी पनि हराभरा हुन थालिन् ।े विविध प्रकारका खाना खाएर देवता पनि प्रशन्न भए । मनुष्यले पनि आफ्नो खाना खान पाए र सन्तुष्ट भए । सबै देवता देवी मानिसलाई खाना खुवाए पछि पुन देवतालाई के काम गर्नु पर्यो भनी सोधनी भयो । देवीको कृपा आफूमाथि परेपछि देवताले पनि दुर्गमासुरले लगेको वेदलाई फिर्ता गराइदिने आग्रह गरे । देवताको यस्तो आग्रह सुनेपछि देवीले देवतालाई वेद चाँडैनै फिर्ता ल्याइदिने र देवताहरू पनि आफ्नो स्थानतिर जाने भनी देवीको आज्ञा भयो । देवता आफ्नो स्थानपितर लागे ।

जब देवताहरू आफ्ना स्थानतिर लागे देवीले पनि देवताको रक्षा गर्नको लागि तेजले परिपूर्ण भएको मण्डलको निमार्ण गरेर देवी उक्त मण्डलबाट बाहिर आएर दैत्यकासाथमा युद्ध गर्न थालिन् । युद्ध गर्दा दे्वीका तनबाट काली, तारा, छिन्नमस्ता, श्रीविद्या, भुवनेश्वरी, भैरवी, बगला, धूम्रा, त्रिपुरसुन्दरी मातंगी दश देवीहरू अस्त्र–शस्त्रलिएर प्रकट भए । असंख्य मातृका देवीहरूको प्रकट भयो । सबै देवीले दुर्गमासुरसँग लडाइँ गरेर, दुर्गामासुरलाई मारेर चारै वेदहरू ल्याइ देवतालाई दिनुभयो ।

यसरी दुर्गमासुरलाई वध गरेको हुँदा देवीको नाम पनि दुर्गा देवी हुन गयो । दुर्गा भवानीले देवतालगायत सबै प्राणीमा परेका दुःखलाई हरण गर्ने कुराको बर्णनको कथा सूतजीले मुनिहरूलाई बताउनु भएको र उक्त कथालाई मैले पनि यहाँ प्रस्तुत गर्न मन लागेर, पस्केको छु ।

नवरात दसैं

नवरात्रको पहिलो दिन घटस्थापना गर्ने, नौ दिनसम्म शक्तिस्वरूपा भगवतीको पूजा गर्ने, देवी माहात्म्य पाठ गर्ने शक्तिपीठ दर्शन गर्ने र दशमीका दिन मान्यजनको हातबाट टीका, जमरा र प्रसाद लगाउने रूपमा दशैं मनाउने गरिन्छ । यसैगरी भारत, भुटान र बर्मालगायतका स्थानमा रहेका नेपाली मूलकाले पनि दशैं मनाउँछन् । छिमेकी मुलुक भारतमा पनि दशहराको रूपमा यो चाड मनाइन्छ । उनीहरू शक्तिपीठको दर्शन, सप्तशती चण्डी पाठ गर्ने र चोकचोकमा स्थापना गरिएकी देवीको पूजाआजा गर्ने, विभिन्न स्थानमा देवीले महिषासुर बध गरेको र रामले रावण बध गरेको प्रतीकस्वरूप नाटकलगायतका क्रियाकलाप गर्दछन् । नेपालीको जस्तो जमरा लगाउने चलन नभए पनि घटस्थापना गरी दशमीका दिन नदी सरोवरमा सेलाउने परम्परा छ । नेपालमा भने नवरात्रभरिको महìव आफ्नै भए पनि घटस्थापना, फूलपाती, महाष्टमी, महानवमी र विजया दशमी चार दिनको महìव अझ बढी हुन्छ । केरा, दारिम, धान, हरिद्रा, मानक, कचु, बेल, अशोक र जयन्तीलाई फूलपाती वा नवपत्रिका भनिन्छ । यही फूलपातीका प्रत्येक पत्रमा एक–एक देवीको पूजा गर्ने चलन छ । काठमाडाँैंको हनुमानढोकास्थित
दशैंघरमा गोरखा दरबारदेखि ल्याइएको फूलपाती भिœयाउने चलन छ । नवरात्रभरि नै शक्तिपीठहरू भक्तजनको गन्तव्य बन्ने गर्दछन् । यस दिन विशेषगरी रातमा प्रत्येक दशैंघर तथा शक्तिपीठहरूमा कालरात्रि गर्ने चलन छ । तान्त्रिक विधिअनुसार कालरात्रि गर्ने विधि शास्त्रमा बताइएको छ । कालरात्रिका क्रममा कतिपय ठाउँमा बोका बलि दिइन्छ ।

Saturday, October 10, 2015

गुरु र शिक्षा by khadgi guru rajendra maharjan tangal 12

गुरु भनेको के हो ? गुरु कस्तो हुनु पर्छ ? ब्यक्तिको जीवनमा गुरुको स्थान कस्तो हुन्छ ?

मैले यसरी प्रश्न उठाएर कुनै खास एक विषय पढाउने गुरुको चर्चा गरिरहेकी छुइन। म यस्ता गुरुको कुरा गरिरहेकी छु, जुन जीवनको मार्ग दर्शन हुन्छन् । जसको सम्बन्धले र वाक्यले मानिसको जीवनलाई नै परिवर्तन गरिदिन्छ । जसको करुणा वा संगत, सम्बन्धले जीवनको यात्रामा महत्व पूर्ण मोड ल्याइदिन्छ । अन्धकारको भयबाट उज्यालोतिर डोर्याउदै जसले नयाँ जीवन प्रदान गर्दछ । सही र गलतको पहिचानबाट मानिस भित्रको अज्ञानता, अहमता हटाउदै जसरी अँध्यारोमा राखिएको डोरीलाई सर्प भनेर मृतु हुने डर भै थर्थर हात खुट्टा काप्दै मुटु चलन नसकेको अवस्थामा ज्ञान रुपी दियोको सानो प्रकाशले यथार्थलाई औल्याई आँखा उघारिदिँदा निर्धक्क हुन्छ मानिस । हो त्यस्तै ज्ञानी जसले अन्धकारबाट उज्यालो प्रकाशतिर लमाउने गुरुको कुरा गर्दै छु म । जब म यी सानो कमलका मुनाहरूलाई गुरुसँगै जिम्मा लगाएर परदेशिन बाध्य भए त्यो अवस्थामा मेरो दुई मुटुहरू यस्ता थिए अनि उनीहरूलाई मेरो सम्झना यसरी दिन चाहे ।

अहिलेको अवस्थामा साच्चै तिमी त अब बाबु परदेशी पनि भैसकेका छौ । अध्ययन गर्ने अवसरमा धेरै किसिमको अनुभूतिहरू गर्ने क्रममा, दुख, दर्द, पीडा कष्ट, अनेकौ आइपर्ने अवरोधहरूको सामना गर्नु पर्ने हुन्छ त्यो बेला तिमीले त्यस्ता गुरुको बारेमा के विचार गरेका छौ त ?

हेर बाबु हाम्रो, गाउँ घरमा धेरै यस्ता पनि छन्, जसले विभिन्न किसिमका फोटोहरूलाई गलाको हार बनाएर झुन्ड्याउदै हिड्ने गर्दछन । कोही कसैको किताब पढेर आफूलाई शिरोधार्य गर्दछन र त्यै नै आफ्नो जीवनको लागि सम्पुर्ण सत्य, कुरा हो भनेर सोच्ने गर्दछन अनि आफ्नो सबै प्रश्नको जवाफ त्यसमा मात्र सीमित छ भनी खोज्दछन ।

मैले त यस्तो पनि देख्ने गरेका छु बाबु, कोही शिष्य अरु गुरुलाई एक पैसाको पनि ठान्दैन्न । यस्ता अनगिन्ती हजारौ लाखौ व्यक्तिलाई आफैले मात्र सत्य थाहा पाएको भनेर प्रभावित गर्न खोज्ने, आफूमामा मात्र सम्पूर्ण कुराको ज्ञान र मोक्ष भण्डार पाएको छु भनेर दाबी गर्ने गुरुहरू हुदा हुदै पनि फेरि पुनः गुरुहरू कसरी र किन जन्मेका हुन् त ? भन्ने कुरालाई तिमीले अलिकति पनि भित्री आत्मादेखि महसुस गरेका छौ त ? विचार गरेर हेरेका छौ त ? अनि तिमी त्यस्ता गुरुहरू मध्ये कसैका अत्यन्त प्यारा छौ कि बाबु ?

Friday, October 9, 2015

“चन्द्रहासखड्ग” by khadgi guru rajendra maharjan tangal 12

वा नेपाः निर्माण ज्वी न्हयः थनया कालीदह जुयाच्वंगु लःया दथुसं उत्पन्न जुयाच्वंगु अलौकिक जोतिरुप श्रीस्वयम्भू धर्मधातु दर्शनयाये अभिलासाकया पंचशीर्षपर्वत–सँदेय् (चीन) निसें निम्ह सहयोगितः बरदा शक्ति वा मोक्षदा शक्ति नापं दक्षिण ल्हासापाकू (आया ख्वपः जिल्लाया सुडाल गा.वि.स.) या भूगर्भ मार्ग जुया महामंजुश्री नेपाः वया श्रीस्वयम्भू जोति दर्शनयाय् धुंका स्वयम्भु (सिंगू) च्वकाय् च्वना कालीदह अवलोकन याबले थ्व दहया लःख हतेयाय् फुसा थ्व स्वँनिगः (उत्पत्यका) छगु मनुष्यया वासस्थान देक्यनिम्ति अनुकुलवं पायछि जुगु मनंताय्का स्वनिगःया पेखेरं च्वनाच्वंगु जामाचो पर्वत (नागरजुन डाँडा) फूचो पर्वत (फूलचोकी डाँडा), ध्यानचो पर्वत (चम्पादेवी, चन्द्रगिरी डाँडा) व सिधिफूचो पर्वते (शिवपुरी डाँडाये) (थ्व प्यगु गुँ पर्वतयात प्यम्ह तकेंहेपिं न धाईगुया) वना दृश्यावलोकनयाना क्वदुवा न्हूसिकाप, गोकर्ण न्हूसिकाप (गोकर्ण), आर्यघाट न्हूसिकाप, व क्वय्ना न्हूसिकाप (चोभार) पर्वतयात छसिकथं मंजुश्रीं थःगु थ्वहे खड्गं प्रहारयाना लः पिहांवनेगु लँपु दय्काबिया, प्राचिन नेपाः निर्माणे श्रीगणेशयाना महामंजुश्रीं छ्यःगु ज्याभः खः “चन्द्रहासखड्ग” । थ्व खँ श्रीस्वयम्भू पुराणे बर्णनयाना तैतःगु दु ।

नेपाःया सृष्टियाये कारण मतलब प्राचिन नेपाःदेय् निर्माणया ज्याःझ्वले योजनकारया निम्ति महामंजुश्री बोधिसत्वयात महानशिल्पी विश्वकर्माया रुपे नं मानेजुया वयाच्वंगु दु । थौकन्हेया आधुनिक भाषं धाय्गुखसा नेपाः निर्माणया महान इन्जिनियर हे खः । प्राचिनकाले ओभरसियर, इन्जिनियर तयतः मागु कथंया गुलि नं आवश्यक ज्याभःलभः अविस्कार जुल, दक्व ज्याभःलभः या प्रतिनिधि कथं प्रारम्भिक नेपाः सृष्टि ईलये माथाय् माकथं माःगु किसिमं विश्वकर्मारुपि महामंजुश्रीया मूलज्याभः स्वरुप जुया ज्याः बिया वंगु ज्याभः या मूलरुप खः “चन्द्रहासखड्ग” । थ्व हे ज्याभं थीथी गूँ (वनजंगल, पहाड, पर्वत तछ्याना थनया कालीदहया लः दक्वं पितः छोया । थन मनुष्यया उपयुक्त बासस्थान देय्का लोकजनपिंन्त शिल्पकला व शास्त्रबिद्या प्रदानयाना थकुम्ह विश्वकर्मा रुपि महामंजुश्री खः । अथेसां नेवाः समुदाये दुनेलागु आदिवासी शिल्पी जाती शिल्पकार तयेसं धासा मंजुश्रीयात ससुमाजु सरह (बिद्यायादेवी सरस्वती) व बिश्वकर्मायात भैरबशक्तिया रुपे थःगु कूलगुरु कथं बिस्कं हनावया च्वंगु दु ।

चन्द्रहासखड्गया धारया छचालं अग्निज्वालाधार, च्वकाय् अद्र्धबज्रचिन्ह, खड्गया दथ्वी गनं गनं मलखं हिनाच्वंगु खने दु । थ्व खड्गयात महामंजुश्रीं थःगु जःवगु ल्हा तं छव्वेका क्वातुक ज्वना यां कया थःगु शिरया फुसे भचाच्वे स्फूर्तिनक्सां ज्वना क्यनाच्वंगु महामंजुश्रीया किपाय् झिसं ख ना हे च्वना । थ्वहे खड्गं नेपाःया स्वरुप निर्माणयागु खः धयागु नेपाःया प्राचिन इतिहासे चोयातःगु दु । अथेसां नेपाःया भौतीकवादी संस्थापक कम्यूनिष्ट नेता पुष्पलालजुं मंजुश्रीं थःगु खड्गं छगुहे प्रहारं चोभार (क्वय्ना) या डाँडा चाना लःख पिछोगु धयागु खँ व मंजुश्रीयात पारलौकि (दैबिक) शक्ति प्राप्त या रुपलिसें मकासें मंजुश्री तत्कालीन नेपाः निर्माण अवस्थाया छम्ह साधारण झी सरहया शिल्पी इन्जिनियरया रुपे जक स्वीकारयागु खने दु ।

तलेजु भवानी

नेपालय् तलेजु भवानी ने.सं.४४४ दँय् सिम्रौनगढं (आया बारा जिल्लां) कर्णातक राज्यया जुजु हरिसिंहदेवं हगु खः धईगु थन इतिहासय् झीसं ब्वनाच्वना तर वास्तवय् हरिसिंहदेवं थन तलेजु भवानी हय् न्ह्यः हे न थन तलेजु भवानी दु धईगिु थन दसु खनेदु । सायद अवलेया थनया भवानीयात तलेजु भवानी मधासें तानी भवानी धाइगु ज्वीमा । तानी भवानी धा बाय् तलेजु भवानी धा राज्यं हनेकनेय्याना मानेयाना वयाच्वंम्ह राज्यया अधिस्थात्रि देवी हे खः । न्हापा निसें हे झी नेपाःमितय् थःथःगु कुलया रक्षाया लागिं मातृशक्तितय्त थःगु इष्टदेवी कथं कःघाना हना मानेपयाना वयाच्गंगु परम्पपरा खनेदु । भवानी न छम्ह मातृशक्ति हे खः ।

भाषा बंशावली च्वयात कथं लिच्छवि जुजु बिश्वदेवं (बृषदेवं) थःकुलया आगं द्यः (इक्ष्टिदेवी) यात हे तान्त्रिक बिधिकथं थःगु कुल व राज्यया हितया लागिं राज्यया हे अधिस्थात्रि इक्ष्ष्टदेवीया रुपय् पलिस्थायाना इक्ष्टदेवीया भिं नां” राजदेवी” तया प्रख्यातयाना दय्दँसं बिशेष पुजायाना वगु खनेदु । अन ंलिपा न्हापाम्ह (प्रथम) मानदेवं राज्यया व थःगु कुलयाम्ह हे अधिस्थात्रि इष्टदेवी” राजदेवीया”या नां हिका थःगु हे नां क्वकाया” मानेश्वरी”तया ना. छुना प्रख्यातयाना हगु खनेदु । अबलय् तक थ्व नेपाः छगु बिशाल देय् जुयाच्वंगु खनेदु ।

नेपाःया इतिहासबिज्ञतय्गु भनाई कथं ने.स.ं ३१७ दँ न्ह्य तक नेपाः छगु बिशाल देय् जुयाच्वंगु लिपा नेपाःया दक्षिणया जःलाखला देय्या समाजय् ब्वलाना वयाच्वंगु सनातन धर्म वर्णाश्रम धर्मया पक्षपातितय्सं” फुत या राज्यया” धईगु कुतनिति बिशाल नेपाःलय् न घुसपेथ जुजुं पूर्व मध्यकानिसें अबलेया तात्कालीन बिशाल नेपाः कुचा कुचा जुजुं वं बलय् गन गन राज्य स्थापना जुल, गन गन राज्यया नायःत (शासकतः) बाय् नेत्रृत्वयाईपिं च्वन थाय् लाय्कु दत अन अन थःथःगु राज्यया अधिस्थात्री देवी न पलिस्था यायां यंकल । अलय् थःगु राज्यया अधिस्थिात्रीयात तात्कालनि राष्ट्रिय भाषं ( आया नेवाः भाषं.) तानी भवानी धया वाय् भवानीया थिथि नां तयायंकल ज्वीइमा गथेकी येँया भवानीया नां तानी भवानी धया तगू खनेदु । नेपाः देशं पिने ल्हासाय् तक नं नेपाःया प्रतिनिधि नायःत च्वंगु दरवारय् तलेजु भवानी दुगु खँ थन झीसं न्यनेदु । तिर्थलाल नघःभनिया श्री तललेजु भवानीया इतिहासय् च्वयात कथं न्हापा न्हापा नेपाःया थिथि राज्य दुगु थाय्त गथेकि ः सक्व देय् (साँखु), फपिं देय्) (फर्पिंङ), किपु देय् ( किर्तिपुर), पालुङ्ग देय्, न्वाक्व देय् ( नुवाकोट), जोशीगाः देय् ( गौकर्ण), टोखा देय् (टोखां), ठीमी देय् ( ठीमि), ग्वँल देय् (पशुपति चावहील), पनौति देय् (काभ्रे पनौति), हागीगाउँ देय्, यल देय् (ललितपुर पातन), ख्वप देय् (भक्तपुर) व येँ देय्या नापं नेपाःदेशं पिनय् ल्हासाय् तक न तलेजु दुगु खँ च्वयातगु खनेदु ।