Thursday, October 22, 2015
Tuesday, October 20, 2015
काेटपर्व
कोतपर्व नेपालको इतिहासमा सबैभन्दा ठूलो हत्याकाण्ड हो । यो काण्डले तत्कालिन नेपालको अस्थिर राजनीतिलाई १०३ बर्षे राणा शासनतिर सुम्पेको थियो । यही काण्डले जंगबहादुरको उदय भएको थियो । वि.सं. १९०३ भदौ ३१ गते राति पूर्व महारानी राज्यलक्ष्मीको प्रिय पात्र तथा मन्त्रिपरिषद्का सदस्य गगनसिंह खवासको रहस्यमय ढंगले गरिएको हत्यारा पत्ता लगाउन महारानीको आदेशले वि.सं. १९०३ असोज २ गते शनिबार राति सबै भारदारहरूलाई कोतको परिसरमा जम्मा हुने आदेश अनुसार कोतमा भेला भए । गगनसिंहको हत्यारा पत्ता लगाउने सिलसिलामा एक अर्कामा भनाभन हुँदा जंगबहादुर राणाका मानिस युद्दवीर अधिकारीद्वारा सर्वप्रथम अभिमानसिंह बस्नेत मारिएपछि स्थिति चर्किदैँ हात हालाहाल तथा गोली हानाहान हुँदा अभिमानका साथसाथै त्यतिखेर नेपालका प्रधानमन्त्री फत्तेजङ्ग शाह, दलभंजन पाण्डे लगायतका ४० जनाको हत्या भएको कोतको परिसरमा रगतको खोला बग्यो । यस्तो विभत्स र दु:खलाग्दो स्थितिको फाइदा उठाएर जंगबहादुर प्रधानमन्त्री बने र १०३ वर्षको राणा शासनको उदय भयो । यस पर्वमा चौतारिया,बस्नेत,पाण्डे,थापा,बिष्ट आदि एक चिहान बने भने बचेका जंगबहादुर र उनका भाईहरु शक्तिशाली भएर उदाए । यस पर्व संगै जंगबहादुरले सत्ता आफ्नो हातमा लिएर प्रधानमन्त्री बने र फलतः १०४ वर्षको क्रुर राणा शासनको उदय भयो
Monday, October 19, 2015
Sunday, October 18, 2015
दुर्गमासुरकाे वध
हामीले भागवतहरूको अध्ययन गर्यौं भने देवी देवताहरूको र दैत्य/दानव बीचको द्वन्द्व, युद्धका कथाहरू निकै पढ्न तथा सुन्न पाउँछौं । यी कथाहरूको श्रवणमा ध्यान दिने तथा सुनाउने काम सूतजीले ऋृषि मुनिहरूलाई गर्नुहुन्छ -
एक दिनको कुरा हो सबै मुनिहरूले सूतजीलाई दुर्गा देवीको कुनै एक अद्भुत/अनौठो खालको कथा सुनाउनको लगि अनुरोध गरे । महाप्राज्ञ सूतजीले पनि दुर्गा देवीका धेरै कथाहरू सुनाइ सक्नुभएको थियो । त्यस दिन भने सूतजीले दुर्गम नामको असुरको वीरता र उसबाट गरिएको आतङ्कबाट देवलोकका देवी देवता र स्वर्गलोक नै आफ्नो अधिन बनाएको कथा श्रवण गराउनु भयो । जब दुर्गमासुरले सबै चिज आफ्नो अधिन बनायो तबदेखि देवताले आफ्नो यज्ञभाग पाउन छाडे ।
यज्ञभाग पाउन छाडेपछि देवता भोकै रहन वाद्य हुन पर्यो । उसले देवताहरूमाथि विजय हाँसिलमात्र नभै चारै वेदलाई पनि आफ्नो अधिन बनायो । यसरी वेद नै दुर्गामासुरले आफ्नो अधिन गरेपछि सबै वैदिक कार्यहरू रोकिन गए । सारा वैदिक कार्यको अवरोधको कारणले गर्दा पृथ्वीतलमा सयवर्षसम्म खडेरी पर्यो । पानीको अभावमा तीनै लोकमा हाहाकार मच्चियो । अन्न, फलफूल, तरकारी तथा वनस्पतिहरू उत्पादन हुन छाडे । समुद्रहरू सुक्न थाले ।
यस्तो आपतकालीन समयमा देवताहरू योगमायाको शरणमा गए र देवीको आराधना गर्न थाले । देवताले देवीका विविधनामबाट प्रार्थना गर्दै गए । महामाया तिमी रिसाउन भएन, तिमी दयाकी सागर हौ । दीन दुखीकी बन्धु हौ ।तिमीले शुम्भ, निशुम्भ,, धूम्राक्ष, चण्डमुण्ड, रक्तवीज मधु कैटभ, महिषासुरको वध गरेर हामी सबैको रक्षा गरकी थियौ भने आज पनि हामी सबै दुर्गमासुरबाट धेरै पीडित भयौं, तिमी नै यस्ति माता हौ जो आफ्ना सन्तानलाई रक्षा गर्नको लागि विविधरूपमा अवता लिन्छ्यौ र सबैको रक्षा गर्दछ्यौ ।
देवताका यी बचनबाट आफ्नो प्रशंसा गरेको देखि देवी प्रशन्न भएर देवताको अघि प्रकट भइन् र देवतालाई सोधनी गरिन् । देवताले पाएको दुःखलाई देखेर उनको मन भक्कानियो मायाले भरिएका नयनजल तप तप खस्न थाले । देवी नौ दिन नौ रात रुँदी भइन् । यसरी देवीका बलिन्धारा आँसुका तप्कनले सबैको प्यासलाई लृप्ति गरिन् । सुकेका सबै खोलानाला, समुद्र आदि भरिन थाले पृथ्वी पनि हराभरा हुन थालिन् ।े विविध प्रकारका खाना खाएर देवता पनि प्रशन्न भए । मनुष्यले पनि आफ्नो खाना खान पाए र सन्तुष्ट भए । सबै देवता देवी मानिसलाई खाना खुवाए पछि पुन देवतालाई के काम गर्नु पर्यो भनी सोधनी भयो । देवीको कृपा आफूमाथि परेपछि देवताले पनि दुर्गमासुरले लगेको वेदलाई फिर्ता गराइदिने आग्रह गरे । देवताको यस्तो आग्रह सुनेपछि देवीले देवतालाई वेद चाँडैनै फिर्ता ल्याइदिने र देवताहरू पनि आफ्नो स्थानतिर जाने भनी देवीको आज्ञा भयो । देवता आफ्नो स्थानपितर लागे ।
जब देवताहरू आफ्ना स्थानतिर लागे देवीले पनि देवताको रक्षा गर्नको लागि तेजले परिपूर्ण भएको मण्डलको निमार्ण गरेर देवी उक्त मण्डलबाट बाहिर आएर दैत्यकासाथमा युद्ध गर्न थालिन् । युद्ध गर्दा दे्वीका तनबाट काली, तारा, छिन्नमस्ता, श्रीविद्या, भुवनेश्वरी, भैरवी, बगला, धूम्रा, त्रिपुरसुन्दरी मातंगी दश देवीहरू अस्त्र–शस्त्रलिएर प्रकट भए । असंख्य मातृका देवीहरूको प्रकट भयो । सबै देवीले दुर्गमासुरसँग लडाइँ गरेर, दुर्गामासुरलाई मारेर चारै वेदहरू ल्याइ देवतालाई दिनुभयो ।
यसरी दुर्गमासुरलाई वध गरेको हुँदा देवीको नाम पनि दुर्गा देवी हुन गयो । दुर्गा भवानीले देवतालगायत सबै प्राणीमा परेका दुःखलाई हरण गर्ने कुराको बर्णनको कथा सूतजीले मुनिहरूलाई बताउनु भएको र उक्त कथालाई मैले पनि यहाँ प्रस्तुत गर्न मन लागेर, पस्केको छु ।