Tuesday, October 20, 2015

काेटपर्व

कोतपर्व नेपालको इतिहासमा सबैभन्दा ठूलो हत्याकाण्ड हो । यो काण्डले तत्कालिन नेपालको अस्थिर राजनीतिलाई १०३ बर्षे राणा शासनतिर सुम्पेको थियो । यही काण्डले जंगबहादुरको उदय भएको थियो । वि.सं. १९०३ भदौ ३१ गते राति पूर्व महारानी राज्यलक्ष्मीको प्रिय पात्र तथा मन्त्रिपरिषद्का सदस्य गगनसिंह खवासको रहस्यमय ढंगले गरिएको हत्यारा पत्ता लगाउन महारानीको आदेशले वि.सं. १९०३ असोज २ गते शनिबार राति सबै भारदारहरूलाई कोतको परिसरमा जम्मा हुने आदेश अनुसार कोतमा भेला भए । गगनसिंहको हत्यारा पत्ता लगाउने सिलसिलामा एक अर्कामा भनाभन हुँदा जंगबहादुर राणाका मानिस युद्दवीर अधिकारीद्वारा सर्वप्रथम अभिमानसिंह बस्नेत मारिएपछि स्थिति चर्किदैँ हात हालाहाल तथा गोली हानाहान हुँदा अभिमानका साथसाथै त्यतिखेर नेपालका प्रधानमन्त्री फत्तेजङ्ग शाह, दलभंजन पाण्डे लगायतका ४० जनाको हत्या भएको कोतको परिसरमा रगतको खोला बग्यो । यस्तो विभत्स र दु:खलाग्दो स्थितिको फाइदा उठाएर जंगबहादुर प्रधानमन्त्री बने र १०३ वर्षको राणा शासनको उदय भयो । यस पर्वमा चौतारिया,बस्नेत,पाण्डे,थापा,बिष्ट आदि एक चिहान बने भने बचेका जंगबहादुर र उनका भाईहरु शक्तिशाली भएर उदाए । यस पर्व संगै जंगबहादुरले सत्ता आफ्नो हातमा लिएर प्रधानमन्त्री बने र फलतः १०४ वर्षको क्रुर राणा शासनको उदय भयो

No comments:

Post a Comment