Monday, October 5, 2015

मेरो कुरा

मेरो यो खुट्टामा लाउने मोजा कसरी फाटेछ

फाटेको हो कि भाइले नै हो चक्कुले काटेछ

संका त लाग्छ मलाई त ति मुसाले काटेका

केहि त खान पाइयो भनी खुसीले नाचेका

किन हो मेरो निर्दोष मोजालाई नै काटेको

झुट बोलेर भन्छन् आफैं त्यो फाटेको

अब त कहानी सुनाउन गए मा बुबा काँह

उनले भने ,” फाटिन्छ मोजा लामो नङ छ जँहा”

लामो त नङ मेरै पो खुट्टामा रहेछ

त्यसैले लामा ती नङ काट्नु नै परेछ

मेरो त्यो भाइ र त्यो मुसा रहेछ निर्दोष

आखिरी मेरा लामो ती नंग को नै पो रह्यो दोष

No comments:

Post a Comment