Monday, October 5, 2015

भुल

साँझ पख टाढैबाट आईरहे झै लाग्यो
आउदै गर्दा झरी पर्यो ओत दिउ झै लाग्यो
रेशमी साडी भिज्यो जीउभरी नै लाग्यो
रसिला नजर उन्को जुधाइरहु झै लाग्यो
चिप्लो बाटो लर्कन्छीन की हात दिउ झै लाग्यो
अलि पर लर्कि हालिन् समातेर उठाउ झै लाग्यो
एकान्तको बाटो थियो घाम ढलेर जुन लाग्यो
बादलले जुनलाई छेक्यो अंध्यारो झै हुन लाग्यो
सुनसान त्यो ठाउमा झस्कीए झै लाग्यो
झ्याप्पै परिन अंगालोमा कस्सीए झै लाग्यो
अनौठो त्यो राप आयो नछुटउं झै लाग्यो
छछल्कीने बैश थियो भुल गरौ झै लाग्यो

No comments:

Post a Comment