Thursday, October 8, 2015

पाेडे जाति

नेपाल विभिन्न जात तथा जनजातिहरूको बसोबास गर्ने थलोको रुपमा परिचित छ। तर जातीय संस्कृतिको अध्ययन तथा अनुसन्धान गर्ने कार्यले सबै जातीय समुदायमा समान महत्त्व राखेको देखिदैन। तसर्थ समग्र विकास गर्नको लागि हरेक जाति तथा जनजातिहरूको विभिन्न पक्षको बारेमा ज्ञान हुनु जरुरी छ। विभिन्न जनजातिमध्ये पोडेजाति सरसफाइ र माछा मार्ने एक जाति भनी चिनिन्दै आएको छ। नेवार जाति सामाजिक, साँस्कृतिक तथा आर्थिक रुपमा सम्पन्न भए पनि यस भित्रको पोडे जाति अछूतको रुपमा लिइन्छ।
    नेपालको संविधानले कुनै पनि जातिलाई भेदभाव गर्न नपाइने भनि प्रष्ट पारे पनि सामाजिक संरचना चालचलनबाट यस जाति आजसम्म पनि सामाजिक, आर्थिक तथा सांस्कृतिक रुपमा पछाडि परेको र हेपिएको भित्र पोडे जाति पर्दछ। अतः यो मूल समस्याको समाधान गर्न यस अनुसन्धानमा पोडे जातिको सामाजिक, सांस्कृतिक एवं आर्थिक पक्षको बारेमा विस्तृत अध्ययन गरिएको छ। जसको लागि निम्न लिखित प्रश्नहरूको उत्तर खोज्ने प्रयास गरिएको छ।
१)    वर्तमान अवस्थामा पोडे जातिको आर्थिक अवस्था कस्तो रहेको छ?
२)    हालको पोडे जातिको सामाजिक अवस्था कस्तो रहेको छ ,
३)    वर्तमान अवस्थामा पोडेहरूको सांस्कृतिक अवस्था कस्तो रहेको छ?
४)    पोडे जातिको सामाजिक तथा सांस्कृतिक पक्षमा कस्तो किसिमको परिवर्तन आइरहेको छ?
५)    पोडे जातिको सामाजिक तथा सांस्कृतिक परिवर्तन आउनुका कारणहरू के–के हुन्?
६)    पोडे जातिको आर्थिक सुधारमा परिवर्तन आएपनि शैक्षिक परिवर्तन नआउनुको कारण के–के हुन्?
१.३ अध्ययनको उद्देश्य
क) सामान्य उद्देश्य
    नेपालको नेवार समुदाय भित्रको पोडेजाति एक पिछडिएको, अल्पसंख्यक र अछुत जाति हो। जसको सामान्य उद्देश्यमा भक्तपुर नगरपालिका वडा नं. ११ का पोडे जातिको सामाजिक, साँस्कृतिक तथा आर्थिक अवस्था पत्ता लगाउनु।
ख) विशिष्ट उद्देश्य
    पोडे जातिमा देखा परेको सामाजिक, सांस्कृतिक तथा आर्थिक परिवर्तनको जानकारी प्राप्त गर्नु।
१.४ अध्ययनको महत्त्व
    नेपाललाई विभिन्न जनजातिहरूको समिश्रणको थलोको रुपमा चिनिन्छ। यहाँ बसोबास गर्ने कतिपय जातिहरू विकास विविध पक्षमा अग्रसर भई राष्ट्र निमार्णमा जुटेका छन् भने कतिपय जातिहरू देशको कुना काप्चामा अझसम्म अपेक्षित अवस्थामा रेहेको पाइन्छ। यस्ता अपेक्षित जातिहरू मध्येको पोडे जातिको खोजी गरी उनीहरूको सामाजिक, सांस्कृतिक र आर्थिक संस्कार साथै हाल उनीहरूमा विद्यमान समस्याहरू पत्ता लगाई जनसमक्ष प्रकाशमा ल्याउनु अध्ययनको महत्त्वपूर्ण लक्ष्य हो। नेपालको पूर्व मेचिदेखि पश्चिम महाकालीसम्म छरिएका सम्पूर्ण जातीय समुदायको सामाजिक, आर्थिक र सांस्कृतिक उत्थानविना राष्ट्रको विकास असम्भव हुन्छ। तसर्थ यिनै कुराहरूलाई ध्यानमा राखी पिछडिएका पोडे जातिको विविध पक्षहरूको खोज गरी प्रकाशमा ल्याउनु अनुुसन्धानको महत्त्व हुनेछ।
१.५ अनुसन्धानको सङ्गठन
    अनुसन्धानको संगठनले अध्ययनको महत्त्व आकर्षण र प्रभाव झल्काउन्छ। यस भक्तपुर नगरपालिका वडा नं. ११ भेलुखेल टोलका पोडे जातिको सामाजिक, आर्थिक तथा सांस्कृतिक पक्ष एक अध्ययन शोधपत्रलाई ६ अध्यायमा विभाजनमा गरिएको छ। प्रथम अध्यायमा अध्ययनको पृष्ठभूमि अर्न्तगतको अध्ययनको सङ्गठन र अध्ययनको महत्त्वको सम्बन्धमा चर्चा गरिने छ। दोस्रो अध्यायमा सम्बन्धित विषयको पूर्व साहित्यको पुनरावलोकनसम्बन्धी संक्षिप्त चर्चा गरिने छ। तेस्रो अध्यायमा अनुसन्धानको क्रममा प्रयोग गरिएका अनुसन्धान संरचना, नमुना छनोट विधि, तथ्याङ्कको स्रोतहरू, तथ्याङ्कको विश्लेषण र प्रस्तुतीकरण प्रस्तुत गरिएको छ। चौथो अध्यायमा अध्ययन क्षेत्रको परिचय उल्लेख गरिएको छ। पाँचौ अध्यायमा तथ्याङ्कको प्रस्तुति र विश्लेषण गरिएको छ र छैटौं तथा अन्तिम अध्यायमा अध्ययनको विषयवस्तुको सारांश तथा सुझावहरूको सम्बन्धमा चर्चा गरिएको छ।
१.६ मौलिक शब्दहरूको नेपाली अर्थ
    यस अध्ययनमा आएका विभिन्न ठेत नेवारी शब्दको अर्थ यस प्रकार रहेका छन्।
सना गुठी – मलामी जाँदा सहयोग गर्ने
सि गुठी – मूर्दा पोल्ने कार्य गर्ने
नाइके – प्रमुख व्यक्ति
दत्ता – शुल्क
सिठी नखाः – कुल देवताको पूजा गरी भोज खाइने चाड
गुन्हीः पुन्ही – जनै पुर्णिमा
द्यौ द्यौः – देवाली
देवाँ – लाश छोप्ने कपडा
ख्वप – भक्तपुर
जुजु – राजा
धौं – दही
प्याखं – नाच
पुखु – पोखरी
हिती – धारा
अध्याय दुई
पूर्व साहित्यहरूको पुनरावलोकन
२.१ पूर्व साहित्यहरूको सामान्य समिक्षा
    नेपाली जनजातिहरूको परम्परागत सामाजिक र आर्थिक पक्षहरूको अध्ययन प्राचीनकालदेखि हुँदैआएको पाइन्छ। वि. सं. २००७ सालभन्दा अगाडि नेपालमा कुनैपनि अध्ययन अनुसन्धान गर्ने अनुमति प्राप्त नभएकोले पनि विस्तृत रुपमा जातीय अध्ययन भएको पाइदैन। तर पनि विभिन्न स्वदेशी एवं विदेशी विद्वानहरूले खोज अनुसन्धान गरेको पाइन्

4 comments:

  1. तर पनि विभिन्न स्वदेशी एवं विदेशी विद्वानहरूले खोज अनुसन्धान गरेको पाइन्छ। विभिन्न विद्वानहरूका विभिन्न जातजाति तथा समाजको खोज अध्ययन गरी बेला बेलामा प्रकाशित पुस्तक र अध्ययन प्रतिवेदनका साथै तिनीहरूको योगदानको यस क्षेत्रमा उल्लेखनीय भूमिका हुने भएकोले यहाँ चर्चा गरिएको छ।
    यस विषयमा अध्ययन गर्दा विभिन्न विद्वानहरूका अध्ययन अनुसन्धान कृतिहरूको सहयोग लिइएको छ। नेपालमा रहेका विभिन्न जाति तथा जनजातिहरूको वारेमा विभिन्न तरिकाले अध्ययन गरेको पाइन्छ। सामाजिक पक्षबारे अध्ययन गर्ने क्रममा नेपाली समाज र संस्कृतिको विश्लेषणमा संरचनात्मक प्रकार्यात्मक दृष्टिकोणलाई अगाडि बढाउँदै गोपाल सिंह नेपालीको त्जभ ल्भधबच (वि. सं. १९६५), डोरबहादुर बिष्टको सबैजातको फूलबारी (वि. सं. १९७३) तथा एभयउभि या ल्भउब ि(वि. सं. १९८९) र ऋषिकेशराज रेग्मीको म्ष््कभलकयलक या ल्भउबभिकभ ऋगतिगचभ बलम क्यअष्भतथ (वि. सं. १९९९) र प्रयागराज शर्माको ऋबकतभ, क्यअष्ब िःयदष्ष्तिथ बलम क्बलपचष्तष्शबतयलस् ब् कतगमथ या ल्भउब िष्क यमि भिनब िअयमभ (वि. सं. १९७७) आदि विद्वानहरूको खोज अनुसन्धान महत्त्वपूर्ण हुनुको साथै नेपालीहरूको समाजशास्त्र तथा मानवशास्त्रको क्षेत्रमा खोज अनुसन्धान गर्ने परम्पराको थालनी गराई नयाँ मोड दिएका छन्।
    नेपाल विभिन्न किसिमका जातजातिहरू आफ्नो जातीय संस्कृतिलाई निरन्तरता दिंदै आदिकालदेखि बसोबास गर्दै आइरहेका छन् जुन विषयलाई विभिन्न ऐतिहासिक स्रोत एवं साहित्यले पुष्टि गरिदिएका छन्। नेपाल मानवशास्त्रीय दृष्टिकोणले अध्ययन अनुसन्धानको निमित्त स्वर्ग नै मानिन्छ। (विष्ट, १९७२)
    नेपालमा आफ्नैपनको लोकसंस्कृतिको बहुमूल्य खानी नै छ तसर्थ नेपाली जनजीवन र लोक संस्कृतिको विषयमा संसारको जिज्ञासा एवं उत्सुकता अभिवृद्धि हुनु स्वभाविक कुरा हो। (जोशी, २०२७)
    नेपालको मुख्यगरि काठमाडौं उपत्यकामा बसोबास गर्ने नेवार जाति विशेषको वर्गीकरण गर्ने क्रममा रोजरले पानी चल्ने र पानी नचल्ने गरी दुई समूहमा विभाजन गरेका छन्। यी दुई समूहमा छुट्याउने रेखालाई पानी रेखा भनेका छन्। पानी नचल्ने समूहको चौथो श्रेणीमा पोडे जातिको स्थान छ। (रोजर, सन् १९७८)
    नेवार जातिलाई दुई समूहमा विभाजन गरेको पाइन्छ। मूलतः शिवमार्गी र बौद्धमार्गीमा विभाजन गरेको पाइन्छ। यी दुवै धर्ममान्ने २ प्रकारका अछुत जाति भनी स्पष्ट गरेका छन्। हिन्दुहरूले अछुत जातिले छोएको पानी खाँदैनन्। त्यही अछुत समूहमा पोडे जातिलाई राखेका छन्। उनले पोडे जातिलाई 'पोरिया' भनि सम्बोधन गरेका र उनीहरूको पेशाको बारेमा उल्लेख गरेका छन्। उनीहरूको पेशा कानुनी रुपबाट मृत्युदण्ड पाएकालाई मृत्युदण्ड दिने, भुस्याहा कुकुर मार्ने, माछा मार्ने र सरसफाइ गर्ने कुरा स्पष्ट गरेका छन्। (ओल्डफिल्ड, सन् १९७४)
    नेवार जातिको उत्पत्ति, परिचय र इतिहासको साथै धार्मिक सामाजिक र संस्कृतिको बारेमा व्याख्या गरेका छन्। नेवार जातिलाई विभाजन गर्ने क्रममा नेवार समूहभित्र पोडे जातिलाई अछुत वर्गमा राखेको पाइन्छ। नेपालीमा पोडे शब्द सार्वजनिक रुपमा फासी दिने उत्तराधिकारीको रुपमा आएको हो। पोडे जातिहरूको मुख्य पेशा माछा मार्ने, सफा–सुग्घर गर्ने, सुंगुर पालनगर्ने र टोकरी बनाउने कुरा उल्लेख गरेको पाइन्छ। (नेपाली, १९६५)
    नेवार जातिलाई धार्मिक दृष्टिकोणबाट दुई समूहमा विभाजन गरेको पाइन्छ। उनले नेवार जातिको अछुत समुहको उल्लेख गरेका छन्। शिवमार्गीको अछुतहरूमा पोडे जाति भएको धारणा व्यक्त गरेका छन्। पोडे जातिहरूलाई सम्बोधन गर्ने क्रममा 'पोरिया' भनिन्छ। पोडे जातिले पहिरणको हकमा कात्रो लगाउने गरेका पाइन्छ। उनीहरूको पेशा सडक सफा गर्ने, माछा मार्ने आदि पाइन्छ। (राजोपाध्याय, सन् १९८०)
    प्राचीन नेपालको इतिहासको अध्ययन गर्न मुख्यस्रोत नै शिलालेख हो। तसर्थ लिच्छविकालको शिलालेखमा अन्य हिन्दू जातिहरूको उल्लेख गरिएका छैनन् तर एक शिलालेखमा 'चाण्डाल' शब्द उल्लेख गरेको पाइन्छ। जसलाई शुद्र मानिन्छ। यो नै पोडे जाति हो भनेका छन्। (बज्राचार्य, २०३०)
    नेपाली समाजलाई चित्रण गर्ने क्रममा नेवार जातिको ऐतिहासिक पृष्ठभूमिको साथै जात थर र परिवारको पेशाको बारेमा उल्लेख गरेको पाइन्छ। उनले नेवार जाति भित्रको अछुत जात पोडे जातिको उल्लेख गरेका पाइन्छ। विष्टले नेवार समुदायलाई धार्मिक दृष्टिकोणले विभाजन गरेको पाइन्छ। नेवार जातिको काठमाडौं उपत्यकाको जनसंख्यादेखि लिएर नेवारहरूको बिहेवारी सामाजिक संस्कार र सामाजिक बनोटको समेत उल्लेख गरेको पाइन्छ। पोडे जातिहरूको पेशामा चर्पी सफा गर्ने र चोक सडक सफा गर्ने उल्लेख गरिएका देखिन्छ। (विष्ट, २०३४)

    ReplyDelete
  2. भाषा वंशावलीमा जातको स्थिति बाँड्ने क्रममा राजा जयस्थिति मल्लले पोडे जातिको स्थिति, रीतिस्थिति, रहनसहन, पहिरन, पेशाको साथै अन्य नियम आचारको व्यवस्था गरेको पाइन्छ। यस अनुसार पोडे जातिले कपाल खौरनु, नङ्ग काट्नु, सुनका गहना नलगाउनु, विना कामले घाम अस्ताएपछि सहरभित्र नपस्नु, पिठ–देवतालाई चढाएको खानु, माछा मार्नु, भंगेरा समाती बेची खानु, उच्चजातलाई नछुनु, गाई नखानु, सुंगुर खानु, मूर्दाका पोशाक लिनु, दाम एक दस्तुर लिनु, सती जान लागिन भन्या मित्यारीलाई जोरी पोशाक पोड्यानीले दाम एक दस्तुर लिनु र सती जान्या स्वास्नी पोईसँग सुती मर्न नसकी चित्ताबाट खसी ठहरियो भन्या सोही पोड्यानीसँग गई बस्नु भनी उल्लेख भएको छ। (पुरातत्व विभाग, २०२३)
    नेपालको आधुनिक कालका जातजातिहरूको उल्लेख गर्नुभएको छ। त्यस क्रममा उहाँले नेवार जातिलाई धर्मको आधारमा बौद्धमार्गी र हिन्दूमार्गी गरी २ समूहमा विभाजन गरेको पाइन्छ। हिन्दूमार्गी नेवारहरूलाई पनि विभाजन गरी ४ भागमा बाडेका छन्। ब्राह्मण, क्षेत्रीय, बैश्य, शुद्र। यहि शुद्रमा पोडे जातिलाई राखिएको कुरा उल्लेख गरिएको छ। (पाण्डे, २०३६)
    नेवार जातिभित्र सामाजिक दृष्टिले एउटा निम्न वर्ग, फोहरमैला सफा–सुग्घर गर्ने जातिको रुपमा उल्लेख गर्नुका साथै चाण्डालहरूको एउटा भेद हो भनिएको छ। (वृहत नेपाली शब्दकोष, २०४०)
    नेपालमा केही अछुत जातिहरू जस्तो कामी, दमाई, सार्की, गाइने, बाटी, कुमाल, पोडे, च्यामे आदि जातिको बारेमा संक्षिप्त रुपले चर्चा गरेको पाइन्छ। यसमा यी जातिहरूको ऐतिहासिक पृष्ठभूमि बसोबास क्षेत्र रहनसहन आदिको साथै वर्तमान अवस्थाको चिनारी गराइएको छ। (मानव अधिकार वर्ष पुस्तक, सन् १९९३)
    काठमाडौं महानगरपालिकामा बसोबास गर्ने, कुचीकारको रुपमा कार्यगर्ने पोडे जातिहरूको सामाजिक जनजीवन एवं रीतिरिवाज आदिजस्ता विविध पक्षको बारेमा अध्ययन गर्नुभएको छ। जुन अध्ययनले पोडे जाति वा कुचीकारहरूको सामाजिक, सांस्कृतिक, आर्थिकजस्ता विविध पक्षको बारेमा यस अध्ययनको लागि थप सूचना उपलब्ध गराउन सहयोग पुर्‍याएको छ। जसमा पोडे जातिहरूको निम्न आय एवं अछुतभित्र पर्ने जाति भएकोले उनीहरूको कम स्थायी हुनुपर्ने कुरा उल्लेख गरिएको छ। (पोखरेल, २०५७)
    पोडे जाति नेवार जाति दर्जाको एउटा जाति हो। यिनीहरू आफ्नो जातभन्दा माथिल्लो वर्गको मानिसहरूको कपाल काटिदिने, नङ काट्ने, देवी देवताको मठमन्दिर पीठ आदिको गरगहना हेरचाह गर्ने र जिम्मा लिने, सुंगुरको मासु खाने, मृतकको लुगा कपडा टिपेर लगाउने, मसानमा लास जलाउन ल्याउनेसँग दस्तुर उठाउने र मसानघाट सफासुग्घर राख्ने आदिजस्ता निम्नस्तरका कामगरी जीविकोपार्जन गर्ने जातिको रुपमा उल्लेख गरेका छन्। (मुनंकर्मी, २०४१)
    पोडे जातिलाई बंगालको एक क्षेत्रमा बसोबास गर्ने पोडे जाति भनिने एउटा जातिसँग समानता राख्ने र बंगालबाट नेपाल प्रवेश गरेको एउटा जाति हो। यो जातिको नाम पौण्ड शब्दबाट अपभ्रंस भई पोडे जाति हुन गएको हो भन्ने कुरा उल्लेख गर्नुभएको छ। (पन्त, २०२१)
    जिल्ला शिक्षा कार्यालय भक्तपुरमा पेश गर्नुभएको एक अध्ययन प्रतिवेदनमा पोडे जातिको अध्ययन गर्ने क्रममा यिनीहरूको भेलुुुुुखेल टोलमा रहेका कूल १२५ घरसंख्यामा कूल जनसङ्ख्या ७१५ मध्ये रोजगारी २७२ र बेरोजगारीको संख्या १४५ छन् भनेर जानकारी दिनुका साथसाथै शैक्षिक क्रियाकलापमा संलग्नता आदिजस्ता विविध पक्षमा विश्लेषण प्रस्तुत गर्नुभएको छ। (कायष्ठ, २०५८)
    नेवारी संस्कृति र समाजको विशेषताको वर्णन गर्ने क्रममा पोडे जातिहरूको बारेमा लेखेको पाइन्छ। बल्खुको विष्णुदेवीको मन्दिरको पूजा सकिनासाथ कीर्तिपुरका पोडे जातिहरू आई मन्दिर सफा गरी मन्दिरमा चढाएको नैवैद्य खाने प्रचलन रहेको कुरा उल्लेख गरेको पाइन्छ। (हिरासी, २०४४)
    चण्डाल (पोडे र च्यामे) गाउँ सहरको मुख्य केन्द्रबाट बाहिर वा वरिपरि बस्नुपर्ने, माटाका भाँडा वर्तन आदिहरूलाई प्रयोग गर्नुपर्ने, मर्दा मसानघाटमा लगेर जलाउनुपर्ने, मृत्युदण्ड पाएकाहरूलाई मार्नुपर्ने र तिनको कपडा, विस्तरा, गहना लिई प्रयोग गर्नुपर्ने जातिको रुपमा उल्लेख गरेको पाइन्छ। (मनुस्मृति, १०५१―५६)
    पनौती नगरपालिका वडा नं. ७ मा बसोबास गर्ने पोडे जातिको सामाजिक तथा आर्थिक अवस्थाको बारेमा व्यापक रुपमा चर्चा गर्नुभएको छ। उक्त अध्ययनले यस अध्ययनका लागि आवश्यक केही सूचनाहरू उपलब्ध गराएको छ। जसमा पोडे जातिको सामाजिक, सांस्कृतिक
    तथा आर्थिक अध्ययन गरिएको थियो। (थापा, २०५८)

    ReplyDelete
  3. २.२ पूर्व साहित्यहरूको सैद्धान्तिक समिक्षा
    यस पोडे जातिको उत्पतिसँग तल्लो जातिको उत्पति एवं अवधारणात्मक तथा सैदान्तिक पक्षहरूलाई यसरी प्रस्तुत गर्न सकिन्छ:
    पोडे जाति पनि नेवार जातिहरू मध्येको एक हो। त्यसैले गोपाल सिंह नेपालीले द नेवार
    (१९६५) मा सम्पूर्ण नेवार जातिको सामाजिक, आर्थिक व्यवस्थालाई चित्रण गरेको छ। यस कृतिमा नेवारी समाजको सामाजिक संगठनका विभिन्न तहका बारेमा प्रकाश पारिएको छ। सिङ्गो नेपाली जनजीवनलाई उतार्ने कार्य यस द नेवार कृतिमा गरिएको छ। जातीय दृष्टिकोणले यस अध्ययन नेवारी समुदायको अध्ययनमा आधारित एउटा महत्त्वपूर्ण कृति हो भने सैद्धान्तिक उपागमन ९त्जभयचष्तष्अब िब्उउचयबअज० को प्रयोगका दृष्टिकोणले यस अध्ययन सबै विद्वान वर्ग तथा समुदायका लागि त्यत्तिकै महत्त्वपूर्ण कृति हुन सक्छ। यस कृतिमा उनले विभिन्न पक्षमा परिचयात्मक विवरण पेश गरेका छन्। जसमा:
    क) भौगालिक अवस्थिति
    ख) ऐतिहासिक अवस्थिति
    ग) उत्पादन प्रणालीको सूक्ष्म चित्रण
    घ) आर्थिक अवस्थाका बारेको सूक्ष्म चित्रण र
    ङ) भाषा र संस्कृतिको सामान्य परिचय
    गोपालसिंह नेपालीले आफ्नो पुस्तकलाई अध्याय चौधसम्म विभाजन गरेका छन्। जसको अध्याय ६ मा जाति सङ्गठन ९ऋबकतभ इचनबलष्शबतष्यल० राखिएको छ। जहाँ उनले नेवारी समुदायमा रहेको जातिय संरचनालाई उल्लेख गरेका छन्। जसमा:
    क) पूजारी जात: जसमा गुभाजु, बज्राचार्य, जोशीजस्ता समूहहरू पर्दछन्। यसमा लेखकले हिन्दू नेवार र बौद्ध नेवार गरी विभाजन गरेका छन्।
    ख) उच्च जात: यसमा विशेषतः उदास र श्रेष्ठहरू पर्दछन्।
    ग) उच्चन्यून जात: यसमा ज्यापु, ग्वालाजस्ता जातिहरू पर्दछन्।
    घ) तल्लो जात: माली, रंजीतकारजस्ता जातहरू पर्दछन्।
    ङ) अछुत जात: यस अन्तर्गत नेवार जातिका सबभन्दा तल्ला जात पर्दछन्। जसमा छोएर छिठो हाल्नु पर्ने हुन्छ भनिएको छ। पोडे, च्यामेजस्ता जातिहरू यसअन्तर्गत पर्दछन्। (नेपाली, १९६५)
    धार्मिक मान्यताअनुसार ऋग्वेदलाई जाति प्रथाको मुख्य श्रोत मानिएको छ। ऋग्वेदमा ब्राम्हणहरू परमात्माको मुखबाट क्षेत्रीहरू बाहुबाट, वैश्यहरू तिघ्राबाट र शुद्रहरूको उत्पति पाइतालाबाट भएको हो भनी उल्लेख गरिएको छ। (बराल, २०४४)
    मनु स्मृतिमा मनुले चारै वर्णको कार्यविभाजनबारे उल्लेख गरेका छन्। जसअनुसार ब्राम्हणले वेद पढ्नु, पढाउनु, दानलिनु दिनु, यज्ञ गर्नु गराउनु, क्षेत्रीले प्रजाको रक्षा गर्नु, वैश्यले वाणिज्य व्यवसाय तथा कृषि कार्य गर्नु र शुद्रले आफूभन्दा माथिको तीनवटै वर्णको सेवा गर्नु। (बराल, २०४४)

    ReplyDelete
  4. Sir yesko reference haru bataidinus na please

    ReplyDelete