Friday, October 9, 2015
Thursday, October 8, 2015
राजा यलम्बरका सन्तान ब्यन्जनकार
आफुहरुको वंशज किराँती राजा यलम्बर र उनिहरु तिनै किराँती राजाका सन्तानहरु हुन् भन्ने नेवारहरुको एउटा थर ललितपुर शहरमा बसोबास गर्दछन्। माघे संक्रान्तिका दिन उपत्यकाका नेवारहरुले खोजीखोजी उनिहरुले उब्जाएको पालुङ्गो अर्थात् 'पलँ' हो कि होइन भन्दै सोधी छानी छानी किन्ने र खाने चलन छ।
जातीय विविधताले भरिएको देश नेपालमा विभिन्न जातिहरुको बसोबास रहेको छ । नेपाल भित्र पनि विशेष गरी उपत्यकामा बढी बसोबास नेवारहरुको छ । यी नेवार जातिभित्र पनि अनेक थर उपथर पाइन्छ । ती मध्ये ललितपुरको पाटन च्यासल टोलभित्र मात्र रहेका बसोबास रहेको नेवार जाति व्याजनकारहरु हुन् । जसले अहिले पनि आफुहरुको वंशज किराँती राजा यलम्बरका सन्तानहरु हुन् भन्ने ठान्दछन् । किराँतीको वंशज भएर होला सायद यी जातिमा अति नै माया गर्ने र रिसाए वा अरु कसैले गल्ती गर्यो भने पनि यिनीहरु ज्यानै लिनसमेत पछि पर्दैनन् ।
यो जातिको भेषभूषा, रहनसहन, संस्कार र संस्कृतिमा भने अन्य नेवार ज्यापु, महर्जनहरुसँग मिल्दछ । यी जातिको बसोबास विशेष गरी ललितपुरको च्यासल, कुपन्डोल, ज्वागल र काठमाडौंको धर्मस्थली गाउँमा रहेको छ । तर काठमाडौं धर्मस्थलीका व्याजनकारहरुले भने विन्दुकार भनी आफ्नो थर लेख्दछन् । सायद व्याजनकारको अपभ्रंश भएर पनि विन्दुकार लेखेको हुनसक्दछन् । त्यही व्याजनकार 'टेपें' हरुको आफ्नो मुख्य पहिचान भनेको नै पालुङ्गो 'पलँ' हो । यसलाई मंसीरको पहिलो सातातिर पालुङ्गोको बीऊलाई २/४ दिन भिजाई त्यसपछि यसलाई सफा गरी छर्ने गरिन्छ ।
माघे संक्रान्तिका दिन यसको विशेष महत्व हुन्छ । उक्त दिन उपत्यकाका नेवारहरुले खोजीखोजी व्याजनकारको पालुङ्गो अर्थात् 'टेपें पलँ' हो कि होइन भन्दै सोधी छानी छानी टेपें पलँ किन्छन् । सो दिन पालुङ्गोलाई फुलको रुपमा पनि देवतालाई चढाउने चलन छ । यही पालुङ्गो पनि व्याजनकार जाति भित्र पनि सबैले रोप्नु हुँदैन भन्ने पनि विश्वास छ । हिजोआज पालुङ्गो बीऊलाई नभिजाई छरे हुन्छ भनेर प्रायः सबैले यसलाई छर्न थालिसकेका छन् । हाल आएर यसलाई नगदे बालीको रुपमा पनि लिने गरिन्छ।
पाेडे जाति
नेपाल विभिन्न जात तथा जनजातिहरूको बसोबास गर्ने थलोको रुपमा परिचित छ। तर जातीय संस्कृतिको अध्ययन तथा अनुसन्धान गर्ने कार्यले सबै जातीय समुदायमा समान महत्त्व राखेको देखिदैन। तसर्थ समग्र विकास गर्नको लागि हरेक जाति तथा जनजातिहरूको विभिन्न पक्षको बारेमा ज्ञान हुनु जरुरी छ। विभिन्न जनजातिमध्ये पोडेजाति सरसफाइ र माछा मार्ने एक जाति भनी चिनिन्दै आएको छ। नेवार जाति सामाजिक, साँस्कृतिक तथा आर्थिक रुपमा सम्पन्न भए पनि यस भित्रको पोडे जाति अछूतको रुपमा लिइन्छ।
नेपालको संविधानले कुनै पनि जातिलाई भेदभाव गर्न नपाइने भनि प्रष्ट पारे पनि सामाजिक संरचना चालचलनबाट यस जाति आजसम्म पनि सामाजिक, आर्थिक तथा सांस्कृतिक रुपमा पछाडि परेको र हेपिएको भित्र पोडे जाति पर्दछ। अतः यो मूल समस्याको समाधान गर्न यस अनुसन्धानमा पोडे जातिको सामाजिक, सांस्कृतिक एवं आर्थिक पक्षको बारेमा विस्तृत अध्ययन गरिएको छ। जसको लागि निम्न लिखित प्रश्नहरूको उत्तर खोज्ने प्रयास गरिएको छ।
१) वर्तमान अवस्थामा पोडे जातिको आर्थिक अवस्था कस्तो रहेको छ?
२) हालको पोडे जातिको सामाजिक अवस्था कस्तो रहेको छ ,
३) वर्तमान अवस्थामा पोडेहरूको सांस्कृतिक अवस्था कस्तो रहेको छ?
४) पोडे जातिको सामाजिक तथा सांस्कृतिक पक्षमा कस्तो किसिमको परिवर्तन आइरहेको छ?
५) पोडे जातिको सामाजिक तथा सांस्कृतिक परिवर्तन आउनुका कारणहरू के–के हुन्?
६) पोडे जातिको आर्थिक सुधारमा परिवर्तन आएपनि शैक्षिक परिवर्तन नआउनुको कारण के–के हुन्?
१.३ अध्ययनको उद्देश्य
क) सामान्य उद्देश्य
नेपालको नेवार समुदाय भित्रको पोडेजाति एक पिछडिएको, अल्पसंख्यक र अछुत जाति हो। जसको सामान्य उद्देश्यमा भक्तपुर नगरपालिका वडा नं. ११ का पोडे जातिको सामाजिक, साँस्कृतिक तथा आर्थिक अवस्था पत्ता लगाउनु।
ख) विशिष्ट उद्देश्य
पोडे जातिमा देखा परेको सामाजिक, सांस्कृतिक तथा आर्थिक परिवर्तनको जानकारी प्राप्त गर्नु।
१.४ अध्ययनको महत्त्व
नेपाललाई विभिन्न जनजातिहरूको समिश्रणको थलोको रुपमा चिनिन्छ। यहाँ बसोबास गर्ने कतिपय जातिहरू विकास विविध पक्षमा अग्रसर भई राष्ट्र निमार्णमा जुटेका छन् भने कतिपय जातिहरू देशको कुना काप्चामा अझसम्म अपेक्षित अवस्थामा रेहेको पाइन्छ। यस्ता अपेक्षित जातिहरू मध्येको पोडे जातिको खोजी गरी उनीहरूको सामाजिक, सांस्कृतिक र आर्थिक संस्कार साथै हाल उनीहरूमा विद्यमान समस्याहरू पत्ता लगाई जनसमक्ष प्रकाशमा ल्याउनु अध्ययनको महत्त्वपूर्ण लक्ष्य हो। नेपालको पूर्व मेचिदेखि पश्चिम महाकालीसम्म छरिएका सम्पूर्ण जातीय समुदायको सामाजिक, आर्थिक र सांस्कृतिक उत्थानविना राष्ट्रको विकास असम्भव हुन्छ। तसर्थ यिनै कुराहरूलाई ध्यानमा राखी पिछडिएका पोडे जातिको विविध पक्षहरूको खोज गरी प्रकाशमा ल्याउनु अनुुसन्धानको महत्त्व हुनेछ।
१.५ अनुसन्धानको सङ्गठन
अनुसन्धानको संगठनले अध्ययनको महत्त्व आकर्षण र प्रभाव झल्काउन्छ। यस भक्तपुर नगरपालिका वडा नं. ११ भेलुखेल टोलका पोडे जातिको सामाजिक, आर्थिक तथा सांस्कृतिक पक्ष एक अध्ययन शोधपत्रलाई ६ अध्यायमा विभाजनमा गरिएको छ। प्रथम अध्यायमा अध्ययनको पृष्ठभूमि अर्न्तगतको अध्ययनको सङ्गठन र अध्ययनको महत्त्वको सम्बन्धमा चर्चा गरिने छ। दोस्रो अध्यायमा सम्बन्धित विषयको पूर्व साहित्यको पुनरावलोकनसम्बन्धी संक्षिप्त चर्चा गरिने छ। तेस्रो अध्यायमा अनुसन्धानको क्रममा प्रयोग गरिएका अनुसन्धान संरचना, नमुना छनोट विधि, तथ्याङ्कको स्रोतहरू, तथ्याङ्कको विश्लेषण र प्रस्तुतीकरण प्रस्तुत गरिएको छ। चौथो अध्यायमा अध्ययन क्षेत्रको परिचय उल्लेख गरिएको छ। पाँचौ अध्यायमा तथ्याङ्कको प्रस्तुति र विश्लेषण गरिएको छ र छैटौं तथा अन्तिम अध्यायमा अध्ययनको विषयवस्तुको सारांश तथा सुझावहरूको सम्बन्धमा चर्चा गरिएको छ।
१.६ मौलिक शब्दहरूको नेपाली अर्थ
यस अध्ययनमा आएका विभिन्न ठेत नेवारी शब्दको अर्थ यस प्रकार रहेका छन्।
सना गुठी – मलामी जाँदा सहयोग गर्ने
सि गुठी – मूर्दा पोल्ने कार्य गर्ने
नाइके – प्रमुख व्यक्ति
दत्ता – शुल्क
सिठी नखाः – कुल देवताको पूजा गरी भोज खाइने चाड
गुन्हीः पुन्ही – जनै पुर्णिमा
द्यौ द्यौः – देवाली
देवाँ – लाश छोप्ने कपडा
ख्वप – भक्तपुर
जुजु – राजा
धौं – दही
प्याखं – नाच
पुखु – पोखरी
हिती – धारा
अध्याय दुई
पूर्व साहित्यहरूको पुनरावलोकन
२.१ पूर्व साहित्यहरूको सामान्य समिक्षा
नेपाली जनजातिहरूको परम्परागत सामाजिक र आर्थिक पक्षहरूको अध्ययन प्राचीनकालदेखि हुँदैआएको पाइन्छ। वि. सं. २००७ सालभन्दा अगाडि नेपालमा कुनैपनि अध्ययन अनुसन्धान गर्ने अनुमति प्राप्त नभएकोले पनि विस्तृत रुपमा जातीय अध्ययन भएको पाइदैन। तर पनि विभिन्न स्वदेशी एवं विदेशी विद्वानहरूले खोज अनुसन्धान गरेको पाइन्
Wednesday, October 7, 2015
नेवार र गहना प्रकार
कुनै पनि समाज वा सभ्यताको स्तर कति उच्च छ भन्ने कुरा समाजका मानिसहरूको जीवन प्रकृया, संस्कृति, लगाउने पहिरन एवं विभिन्न समयमा गरिने संस्कारहरूमा लगाइने गहनाहरूबाट थाहा पाउन सकिन्छ । यो सन्दर्भमा नेवार समाज एक उच्चस्तरको समाज हो भन्ने कुरा नेवार समुदायमा प्रयोग हुने पहिरन, गहनाहरू एवं श्रृंगारबाट पनि स्पष्ट हुन आउँछ ।
यो छोटो लेखमा सोह्र शृङ्गारको साधनको रूपमा लिइने विभिन्न पहिरन एवं अरू साधनहरू बाहेक मूलतः सुन, चाँदीका विभिन्न गहनाहरूको बारेमा जानकारी दिने प्रयास गरिएको छ ।
नेवार समाजमा गहनाको इतिहास कतिसम्म प्राचीन छ भन्ने कुरालाई गहिरिएर हेर्ने हो भने लिच्छवीकालसम्म पुग्न सकिन्छ ।
लिच्छवीकालमा प्रयोगमा आइसकेको श्रृंगारको साधनको विकास मल्लकालमा व्यापक रूपमा भएको देखिन्छ ।
नेवार संस्कार अनुसार गहनाको स्वरूप पुरूष र स्त्री जातीमा फरक छ । पुरूष र स्त्रीको रूपमा मात्र होइन उमेर, अवस्था अनुसारपनि गहनाको प्रयोगमा फरक छ । जति पनि गहनाहरू छन् ती गहनाहरू पुरूष वा स्त्रीले लगाउने, बच्चा वा बुढाहरूले लगाउने भन्ने निश्चितता भइरहन्छ । कुनैकुनै गहना लगाउन बुढा पास्नी सकेको उमेर पुगेकाले मात्र लगाउँछन् । जस्तो ः पुनाय्चा भन्ने गहना ।
नेवार समाजमा जन्मदेखि मृत्युपर्यन्त गहनाको महत्त्व छ । बच्चा जन्मेर चारदिन वा दश दिन दिनमा बच्चालाई सुनको औंठी, चाँदीको औंठी लगाइदिएर गहना लगाउने कार्यको शुभारम्भ गरिन्छ भने त्यसपछि हुने कुनैपनि कर्मकाण्डमा छोरा वा छोरी जो भएपनि बच्चालाई कुनै न कुनै प्रकारको गहना लगाइदिएको हुन्छ । मृत्यु हुनलाग्दा समेत सुन एकटुक्रा मुखमा राखीदिनु पर्ने चलन छ । त्यस्तै मानिस मरिसकेपछि गर्ने संस्कारहरूमा पनि गहनाको महत्त्व छ । मृत्युपछि वर्षभरि १२ वटा तिर्थस्थलमा गरिने श्राद्धमा कहीँ सुनका गहना, कहिं पञ्चरत्न, कहीँ नवरत्न, अष्टधातु मध्ये एक धातुको भाँडा बनाएर दान दिने चलन छ । नवरत्न र अष्टधातुलाई नेवार समाजमा हुन लागेको अनिष्टलाई रोक्ने, ग्रहदशाले जीवनमा हुने नराम्रा कार्यबाट बच्न प्रयोग गरेको देखिन्छ ।
नेवार समाजमा गहनाको धार्मिक, ज्योतिष शास्त्र अनुसार महत्व भएको साथै सामाजिक, सांस्कृतिक, आर्थिक रूपले पनि ठूलो महत्व छ । कुनकुन गहना कसले कहाँ कहाँ प्रयोग गर्ने भन्ने नेवार समाजभित्र आफ्नै प्रकारको मान्यता रहीआएको छ । संस्कारदेखि जीवन शैली चल्ने नेवार समाजभित्र प्रयोग हुने गहनाको प्रकारलाई उल्लेख गर्नेबेलामा हरेक गहनाको प्रयोगमा आफ्नै प्रकारको अर्थ भएको कुरा यहाँ स्मरणीय छ । त्यसैले जीवनचक्र संगसंगै गहनाको प्रकारमा पनि परिवर्तन हुन्छ । यहाँ गहनाको प्रकार उल्लेख गर्ने क्रममा कुन गहना कसले कहाँ किन प्रयोग गर्छ भन्ने कुरालाई विचार गरी तल उल्लेख गरेअनुसार गहनाका प्रकारहरू छन् ।
शिरमा केशको माथि प्रयोग गर्ने गहना
सिन्चा ः सुनको सिक्रीमा छेउमा चन्द्रमाको वा फूलको बुट्टा भएको, सिउँदोमा लगाउने, इहि (बेलसित विवाह), बाह्राः (गुफा राखेर निकाल्ने दिनमा) राख्ने बालिकाहरूलाई लगाइदिने ।
शिरबन्दी ः सुनको, सौभाग्यको प्रतीकको रूपमा सधुवाहरूले लगाउने, राम्रा साइतका कार्यहरूमा लगाउने, इहि, बाह्राः राखेका बालिकाहरूलाई साथै दुलहीलाई पनि लगाइदिने तीन पट्टा वा पाँच पट्टा भएको फूलको बुट्टा भएको गहना ।
बुलिन ः सिउँदोको बिचमा लगाउने, दायाँबायाँ अण्डा आकारको बुट्टा अलि लाम्चो खालको भएको शृङ्गारकलाले परिपूर्ण एकखाले गहना ।
लुँस्वां ः १२ इन्ची वृत्ताकार भएको यो गहनाको चक्कामा कलात्मक पंक्षीको जोडी भएको बहुमूल्य पत्थर, पन्ना, पुष्पराज, माणिक र भिम्पुले सिंगारिएको कलात्मक र मौलिक गहना । यो गहना अक्सर गरेर नवविवाहिता नारीले लगाउने चलन छ ।
मोतासा(सतफली) ः चाँदीको चिटिक्क परेको कलात्मक बुट्टाले भरेको रातो वा कालो रिबन वा केशमा प्रयोग गर्ने गहना ।
न्यापुसिखः ः विशेष गरेर विवाह हुनेबेलामा दुलहीलाई शिरको केशलाई छोप्नेगरी लगाइदिने सुनको न्यापुसिखः(पाँचसिक्रि) को दार्शनिक रूपले पञ्चतत्वको प्रतकी हो । कसैकसैले च्यापुसिखः(आठसिक्रि) पनि प्रयोग गर्छ, यो अष्टधातुको प्रतीकको रूपमा लिन्छ ।
सप्वःतिसा ः सुन वा चाँदीमा विभिन्न किसिमको रत्न जडित गहना, विशेष गरेर दुलहीलाई केशको जुडो बाँध्नेबेलामा लगाइदिन्छ ।
निधारमा प्रयोग गर्ने गहना
लुँसिन्हः (सुनकोतिका) ः इहि, बाह्राः र विवाहमा लगाइ दिने विभिन्न बान्कीको सुनका तिका ।
लुँचिं ः विवाह, बुढापास्नी बेलामा प्रयोग गर्ने सुनका गहना ।
दृष्टि ः चाँदीको हुन्छ ।
Tuesday, October 6, 2015
दक्षिणकाली
एउटा पहाडको फेदीमा अवस्थित छ । उपत्यकाको दक्षिणतिर रहेकाले यी देवीलाई दक्षिणकाली भनिएको हो । यिनलाई चामुण्डा देवी पनि भनिन्छ । देवीको मन्दिरका लागि छानो आकाश नै हो भन्ने मान्यता अनुरूप दक्षिणकाली मन्दिरमा छानो बनाइएको छैन । दक्षिणकाली सुरुमा मूर्ति नभएको सादा पीठ थियो । पछि मात्र यहाँ कालीको मूर्ति स्थापना गरिएको हो । यस मन्दिरमा सप्तमातृकाका मूर्तिहरूसमेत छन् । आप्mना उपासकहरूको मनोकांक्षा पूरा गर्ने र आपत्विपत्बाट भक्तहरूलाई जोगाउने देवीका रूपमा दक्षिणकाली प्रख्यात छिन् । यिनको स्थापना प्राचीन कालदेखि नै शक्तिपीठका रूपमा गरिएको मान्यता छ । किंवदन्तीहरूमा पाइए अनुसार, प्रताप मल्लले यी देवीलाई सपनामा देखेकाले उनका सल्लाहकार लम्बकर्ण भट्टको सुझाव अनुसार उनले यहाँ दक्षिणकालीको मूर्ति स्थापना गरेका थिए । दशैंको नवरात्रका अवसरमा यहाँ मेला लाग्दछ । यसबाहेक शनिबार र मंगलबार पनि प्रशस्तै दर्शनार्थीहरू आउने गर्दछन् ।
Lying towards the Southern edge of the Kathmandu Valley, the temple of Dakshinkali -- so named because of its location -- is a famous Shakti Pitha known from ancient times. The temple itself is believed to have been founded after King Pratap Malla saw the goddess in a dream and was advised by his assistant, Lambkarna Bhatta, to establish a temple in her honour. The original object of worship was a simple rock, which was later replaced by a beautiful idol of Kali. The temple, like other Devi temples in the Valley, is without a roof, as it is believed that the sky is the roof of the house of the goddess.
The temple is extremely popular among the residents of the Kathmandu Valley, and large numbers of devotees visit the temple every Tuesday and Saturday and also during the festival of Navaratri.