Sunday, March 26, 2017

नाय्खि by guru rajendra maharjan tangal patan

नाय्खि उपत्यकाको ज्यादै पुरानो तालबाजा हो । देख्दा यो ढोलकीजस्तै हुन्छ । यो बाजालाई गजोले ढोकर बजाइन्छ । नाय्खिका दुवैपट्टी छालाले मोरेको हुन्छ । विभिन्न चाडपर्व तथा सांस्कृतिक कार्यक्रमहरूमा यो बाजा बजाइन्छ । शवयात्रामा पनि नाय्खि बजाउन गरिन्छ ।

गजो ढ्याङ्ग्रो बजाउने लौरो हो । यो कुकुर डाइनोको काठद्वारा बनाइएको हुन्छ । यो बक्राकार हुन्छ । यसलाई धामी-झाँक्रिले मात्र बजाउँछन् । बेला, सारङ्गी आदि तारका बाजाहरू रेटेर बजाइने धनु जस्तो आकारको साधनलाई गजो भनिन्छ । त्यस्तै ट्याम्को, दमाहा, नगरा जस्ता छालाले मोरेका बाजा बजाइने छोटो-छोटो डन्डी पनि गजो भनिन्छ । हनुमान नाच्ने नचुवाहरूले परस्परमा जुधाउन लिने लौरोलाई गजो भन्ने चलन छ । कहींकहीं गज मात्र भनिएको पनि पाइन्छ ।

No comments:

Post a Comment