Sunday, June 25, 2017

धिमय् युद्ध बाजा

प्राचिन युगमा जंगली जनावरको डरका कारण धिमे बाजा बजाइने गरेको भनाइ छ । त्यसैगरी युद्धमा ज्यापु समुदायले धिमे बाजा बजाउँदा आफ्नो पक्षमा थोरै सेना भए पनि त्यसको आवाजले निकै मानिस रहेको जस्तो भान पर्ने भएकाले यो बाजा युद्धको समयमा बजाइने गरेका छन् । ‘अहिले यो बाजा सवै जात्रामा बज्ने गरेको छ,।, ‘धिमे हाम्रा बाजाहरूको ‘राजा’ बाजा हो ।

नेवार समुदायको प्राचीन बाजा धिमेलाई प्राचीन समयमा युद्धको प्रमुख हतियारको रूपमा प्रयोग गर्ने गरिएको छ। ‘कमान्डरले धिमेको ध्वनिबाट लडाकुलाई युद्धको अवस्थाबारे जानकारी गराउँथे भन्ने किंवदन्ती छ,’। ‘धिमेकै तालअनुसार युद्धको रणनिति तयार गरिन्थ्यो ।’

No comments:

Post a Comment