Tuesday, May 16, 2017

ललितपुरको नेवारी नाम यलः by guru राजेन्द्र महर्जन (यलः टंगल)

Kathmandu पहिला जङ्गल थियाे।जङ्गल फाडेर मानिसहरु भादगाउँ तिर बस्ने थाले ।फेरि केही मानिस अन्यत्र वस्ने मनसायले ठाउँ खाजि गर्दा हाल लगनखेल
वरिपरि बस्न मन पराएर "का थ्व थाय यल:" मतलब"याे ठाउँ मन पर्याे " भनी बसे।मनपरेेकाेलाई यल: भनिन्छ ।तत्सैले यल: नाम रहेको  हाे।नेवार समुदायले ललितपुरलाई यल: भनिन्छ ।समय बित्दै जाँदा मानिसहरुले जथाभावी दिसापिसाब ,फाेहर गरे अनि वटुक भैरवको बिरालोले मानिसका बच्चाहरु लगि दुःख  दिन थाले।याे दुःख दिने ठाउँमा नबसाैँ भनी क्वालखु हाल golden temple तिर बसाई सर्याे।बसाई त भयाे तर बानी परिवर्तन भएन ।फेरि त्यो बिरालोले दुःख दिन अाए।मूखियाले हे भगवान के भयकाे दु:खै दुःख।उनकाे सपनामा वटुकभैरबले भने  तिमीहरू जथाभावी दिसापिसाब गरेकोले म काेप(रिसाएको )भएको हुँ ।याे सपनाकाे सबै कुरा सबैलाई भने ।त्यसपछि बानि , सुधारे र पुजा अाजा पनि गरे।अब बिरालोले पनि दुःख दिएनन् ।भैरवकाे सेवाले भक्तपुरको मानिस भन्दा ललितपुरका मानिस सुसम्पन्न भएर अायाे।भैरबकाे वाहान कुकुर हाे तर वटुक भैरव मन्दिर भित्र कुकुर र बिरालाे छ।यसकाे मतलब याे भैरव सेवा गरे जे कुरा पनि मिल्ने हाे। राेग,भय ,अायु काे लागि याे भैरव मानिन्छ ।वटुक भैरवकाे अर्थ पुडके ब्राह्मन भैरव हाे।वटुक भैरवलाई मतिकाे भैरव पनि भनिन्छ । भारतकाे मतिनापुरबाट अाएकाेले ठाउँकाे नाउँबाट मतिकाे भैरव भएको  हाे। पाेखरिनै पाेखरि भएकोले लगनखेल भएको हाे। लगन काे अर्थ (ल:)पानी र खेलकाे अर्थ ठाउँ हाे।
#वासुपाशा

#गुरु राजेन्द्र महर्जन patan tangal

1 comment: