Wednesday, May 17, 2017

पाटन नबहिलका राष्ट्रप्रेमि ज्यापुहरुले पृथ्वीनारायणलाई ईट्टा प्रहार गरे। by गुरु राजेन्द्र महर्जन (पाटन ,टंगल)

दलमर्दनलाई धपाई सकेपछि विश्वजित मल्लका नातेदार तेजनरसिंह मल्ललाई ने.स.८८८मा ललितपुरको सिंहासन राखे र उनको नाम अंकित मुद्रा पनि निकाले।
याे सालमा २४ पल्ट भुकम्प गयाे र नुन तेल कपडाको हाहाकार भयाे।
ईन्द्र जात्राको दिन पारेर सब मस्त भएको बेला गाेरखालिहरुले ३ ठाउँबाट अाक्रमण गरेर  पृथ्वीनारायण शाहलाई कान्तिपुरकाे राज सिंहासनमा राखे।
अनि जयप्रकाश मल्ल ललितपुरका राजा तेजनरसिंह मल्लकाे शरणमा गए।
ललितपुरका ५ मन्त्री पृथ्वीनारायण संग मिलेको थाहा पाई सुरक्षा नभएकोले दुबैजना भक्तपुरका राजा रणजित मल्लकाे शरणमा गए।
भाेलिपल्ट पाटनका ती ५ मन्त्रीले पाटनढाेका वरिपरि बसि पृथ्वीनारायण र गाेरखा सैनिककाे भव्य स्वागत गरे।
तर पाटनढाेका भित्र पसि १००  मिटर मात्र बढेका थिए, पाटन नबहिलका राष्ट्रप्रेमि क्रान्तिकारी  ज्यापुहरुले छानाछानाबाट ईट्टा प्रहार गरे।ईट्टाले गर्दा पृथ्वीनारायणकाे टाउको फुटेको थियाे।
ईट्टाहरु बाट छलाई जाेगाई ५ मन्त्रीले  पृथ्वीनारायण लगेर ललितपुरको    सिंहासन राखि राजा धाेषणा गरे। ती मन्त्रीहरुले पृथ्वीनारायण शाहलाई सिन्दुर जात्रा पनि गरे।
त्यसपछि ने.सं.८९० कार्तिक द्वादशिका दिनदेखि ३ दिनसम्म भादगाउँ संग धाेर युध्द भयाे र युध्द जितेपछि पृथ्वीनारायण शाह भक्तपुरको  राजा भयाे।
#वासुुुपाशा 

#गुरु राजेन्द्र महर्जन patan tangal

No comments:

Post a Comment