Thursday, September 10, 2015

मनकामना

मनकामना माईको उत्पत्ति र स्थान धेरै पूरानो हुनु पर्दछ । देवीको मुल पुजारी शुरुदेखि नै स्थानीय लायो थापा मगरका सन्तान रहदै आएका छन् । माईको उत्पत्तिबारे थुपै जनश्रुति र किम्बदन्तीहरु छन् । राजा रामशाह -१६१४-१६३६) को रानी लीलावती वा पुण्यवती देवीको अवतारी थिइन, यसको गु्ह्य ज्ञान उनका भक्त गोरखनाथदीक्षित सिद्ध लखन थापालाई मात्र थियो । एक पटक राजा राजा रामशाहले गोर्खाको उपल्लोकोट दरवारमा आफ्नो रानीलाई देवी र लखन थापालाई सिंहवाहनको रुपमा देखेछन् । त्यसपछि अचानक राजा विरामी भई स्वर्गीय भए । उनको अन्त्येष्टि मस्र्यांदी-दरौंदी दोभान गरियो । तत्कालिन चलन अनुसार राजाको चितामा रानीले सती जानु पर्‍यो । भक्त लखन थापा शोक विहृवल भइ विलाप गर्दा रानीले 'तिम्रो इच्छा पूरा गर्न म तिम्रै गाउँ कफ्याक छेउ फेरि उत्पत्ति हुनेछु' भनिन् रे ।
त्यसको ७ महिना पछि हाल मनकामना मन्दिर भएको ठाउँमा धनध्वजले जोत्दा एउटा ढुंगामा हलो अड्की त्यसमा दुध र रगत बग्न थालेछ । दिव्यदृष्टि भएका लखन थापाले तान्त्रिक विधिद्वारा पूजा गरेपछि रगत बग्न रोकिएको र सोहि थलोमा देवीको स्थापना गरियो । यो घटनापछि गोर्खाका राजाले मनकामना माईको सेवा गर्न लखन थापा र उनका दरसन्तानलाई पुजारी नियुक्त गरी नित्य पूजा चलाउन जग्गा गुठी विर्ता लालमोहर गरिदिए । माईको हाल पुुजारी लखन थापाको १७ औं पुस्ताका सन्तान् हुन् ।

No comments:

Post a Comment