Saturday, September 12, 2015

नाय् जुजु

वि. सं. ११५४मा नेपालको दक्षिण-पूर्वी तराई खण्डमा डोय राज्य खडा भयो। दक्षिण भारत कर्नाटक देशबाट आएका नान्यदेवले सिम्रौनगढलाई राजधानी बनाई तिरहुत (डोय) राज्यको स्थापना गरे। नान्यदेव दक्षिण भारतमा चालुक्य शासकको राज्यको सेनापति थिए र चालुक्यहरूले उत्तर भारततर्फ विजय अभियान चलाउदा नान्यदेव नेपाल पसेका थिए। नान्यदेवपछि गंगादेव, नरसिंहदेव, रामसिंहदेव, शक्तिसिंहदेव, भूपालसिंहदेव, हरिसिंहदेव राजाहरूले सवा दुईसय वर्षसम्म राज्य गरे। वि. सं.मा दिल्लीका वादशाह गयासुद्धिन तुगलकले डोयराज्यमा आक्रमाण गरि डोय राज्य ध्वस्त पारेपछी सातौं हरिसिंहदेव राज्य छोडी भागे। हरिसिंहदेव भागेपछि तुगलकले कामेश्वर ठक्कर (ब्राह्मण) लाई डोय राज्यको शासक नियुक्त गरे। डोय राज्यको आर्थिक स्थिती राम्रो थियो र यो शक्तीशाली राज्य थियो भन्ने कुरा उसले बेला बेलामा उपत्यकामा आक्रमण गरी कर असुली गरेर फर्किने गरेकोबाट पनि थाहा हुन्छ।

No comments:

Post a Comment