Wednesday, September 16, 2015

भिद्यं =भिमसेन द्य:

वास्तवमा भिंद्य: (शुभ अथवा राम्रो भगवान/ देवता) हो कि भिमसेन (महाभारतको बलको अर्थात शक्तिको देवता)? कुन चाँही हो भन्ने जनमानसमा अझै अन्यौल रहेको पाइएको छ । मलाई लाग्दछ, यो कुराको सत्यतथ्य बुझ्न, धर्म-शास्त्रको साथै ईतिहासको पनि अध्ययनको आवश्यकता देखा परेको छ । सबैको आ-आफ्नो तर्क आ-आफ्नो ठाउँमा सर्वसम्मत नै छ । यस्मा कुनै दुई मत छैन ।
हो यहाँ बाँझिएका दुई कुरा "भिंद्य:" होकी "भिमसेन" द्य: ?

आदिबासी नेवार जातिले परापूर्व कालदेखी नै यी दुबै देवताहरु फरक फरक परिवेश्मा फरक फरक किसिमले मनाउँदै आएको देखिन्छ ।

भिमसेन सँग सम्बधित जतिपनि लिखित अभिलेखहरु भेटिए ती सब प्रमाणिक नै छन । दोलखा, मरु भिमसेनस्थान (तब्ब, भिमसेनको मन्दिर), पाटन मंगलबजार स्थित भिमसेनको मन्दिर, बिभिन्न ठाउँमा रहेका भिमसेनका आकृति सहितको मूर्ती, जतिपनि जहाँपनि छन, ती सबै भिमसेन साँचिक्कैको महाभारतसँग सम्बन्धित भिमसेन (बलको अर्थात शक्तिको देवता) नै हुन । यस्मा पनि कसैको दुई मत नहोला ।

अब मात्र प्रश्न रह्यो भिंद्योको । "भिंद्य:" यो शब्द पूर्णत: नेवार शब्द हो - भिं = शुभ अनि द्य: = भगवान/ देवता । यस्को तात्पर्य के भयो भने यो सिधै राम्रो र शुभ गर्ने भगवानसित सम्बन्धित कुरा भो ।

यो प्रसँगमा नेपालका प्राय सबै मार्वाडीहरु व्यापारी नै हुन उनिहरुले पनि पसलको देवता भनी शुभ-लाभ गरी गणेश र लक्ष्मी को पूजा गर्दछन ।
परापूर्व कालदेखी नै मार्वाडीहरु व्यापार व्यवसायमा पोख्त छन । यदि भिंद्य: नै भिमसेन देवता भएको भए उनिहरुले पनि पसल पसलमा भिमसेनको प्रतिमा सहितको तस्वीरमा पूजा गर्थे होलान ।

त्यस्तै नेवारहरुले कृषि पेशा पछि अपनाएका पेशा भनेको व्यापार हो जुन धेरै प्राचिन युग देखी नै सुरु भो । आफ्नो व्यापार व्यवसाय बढाउन नेवारहरुले एउटा राम्रो गर्ने/ शुभ गर्ने आफ्नो व्यापार व्यवसाय बढाउन पक्कै पनि कुनै न कुनै उपाय गरे होलान । हो, आज पसल पसलमा पुंजिदै आएका भिंद्य: को उपज यही नै हो, जस्को आकार निराकार हुन्छ जस्को भक्तिभाव निर्गुण (भगवानको आकृति रहितको ) हुन्छ । अहिले यहाँ टाँगिएको भिमसेनको प्रतिमा भएको तस्वीर पनि महाभारतको भिमसेन कै हो जस्को फेरी अलग्गै प्रतिकात्मक कथा छ । तैपनि आजको यस युगमा आएर बुझेर वा नबुझेर सबै पसले व्यापारीहरुले यही तस्बीरलाई भिंद्य: मानी पूजा गरिन्छ वा गर्ने चलन छ ।

No comments:

Post a Comment