Sunday, September 13, 2015

पांह्राचह्रे

नेवा:समुदायले परापुर्बकाल देखीनै कृष्ण चतुर्दशी को दिन पाँहा चर्हे मनाउने गर्दछ,यस दिन लाइ पिसाच चतुर्दशी पनि भन्ने गरिन्छ !
पाँहा अर्थात पाहुना र चर्हे अर्थात पर्ब,बिहे गरि पठाइसकेका छोरीबेटीलाइ घर ब्येवहारले नभयाइरहने हुँदा बर्षको एक दिन भएपनि अनिबर्य रुपमा यस पर्बको उपलक्ष्यमा निम्तो गरेर भोज खुवाउने परम्परा छ!
यस दिन कन्तिपुर वोरपर रहेको अजिमाहरु लगायत गणेश र भैरबहरु लाइ पनि खतमा राखी जात्रा गराउने परम्परा रहि आएको छ र बिषेश गरि यस दिन मा नाय् खिँ बाजा पनि बजाइन्छ र ज्यापु समुदायले भने "हे राम गन वने गन च्वने वने थास मदु दैब" भन्ने करुणा रस ले भरिएको राग गाउने गर्दछ भने साँझपख टोल,चोक,ननी,बहा:मा रहेको महदेव(लुकुमहाद्य)लाइ बिशेस प्रकारको भोज जोडेर चढाइ पुजा आजा गरी परिवार सहित भोज खाने चलन रहिआएको छ र महदेव(लुकुमहाद्य)लाइ दिइएको बत्तिको कुवांबाट गाजल थापी आखाँमा लागाउने पनि गर्दछ जसबाट आखाँ तेजिलो हुन्छ भन्ने जनबिश्वास रही आएको छ,नेपलभासामा " धुँ या मिखा काँ काँ छुँ या मिखा त्येला " भन्ने चलन छ !

यस पर्ब सम्बन्धि किंबदन्ति यस प्रकार छ :
१) सत्ययुगमा पार्वतीले श्री महादेवलाइ भन्नुहुन्छ : हे इश्वर, तपाई देव को पनि देव महादेव ,तपाइको अर्धांगिनी हुन पाउँदा मा निकै खुसि छु ,तर म अनेक रुप धारण गरि बेला बेलामा मधपान,माँस ग्रहण गर्ने गर्दछु तर तपाई भने यस्तो खानेकुरा कहिले पनि खानुहुन्न ,त्यसैले मलाई अलि अप्ठेरो महसुस भएको छ, त्यसपछि श्री महादेवले त्येसो होइन भनि आफै सुटुक्क कसैले नदेख्ने गरि लुकेर पिसाच रुपी महादेवले माँस,मदिरा,लावाजन्य खानेकुरा खाएर पार्वतीलाइ देखाउनु भयो !

२) त्यसैगरी "महाकाल तन्त्रे शिव बचन "शास्त्र अनुसार यस दिन महदेव(लुकुमहाद्य)लाइ मासु, लाभा,रक्सी,थ्वं ,लुँबु , बह बुँ, आदि चढाई, बत्ति बाट बनाइएको गाजल लागेर अष्टमात्रिका अजिमाहरुको दर्शन गर्नाले सर्ब सिद्धि प्राप्त हुन्छ भन्ने उल्लेख छ भने भोलि पल्ट अस्वयात्रा गर्नाले भबिष्य ज्ञान पनि प्राप्त गर्ना सकिन्छ अर्थात् घोडा जति बेघले दौडन सक्छ त्येतिनै देशमा दुख कस्ट हराउने र सत्रुहरु नाश हुन्छ भन्ने मान्यताका साथ घोडे जात्र मनाउने परम्परा रहिआएको छ |

No comments:

Post a Comment