Saturday, September 12, 2015

राम्री केटि खाेजाै

पुरुष युबा साथीहरु पक्कै पनि राम्री केटिको सवालमा हामी हैरान छौं, किनकि जमाना आज यस्तो आएको सफा चरित्रको केटिहरु पाउन त साह्रै गाह्रो भईसक्यो । ईन्टरनेटको जमाना आज नेपाली समाजभित्रको तुलनामा प्रबासमा निकै सर्बसुलभ छ, Time pass रुपमा जनसम्पर्क र सम्बन्धहरु बढाउँन । जहाँ मनोरञ्जन लिने युबा साथीहरुको बोलीबाट यहि कुरा सुन्न पाईन्छ - "यार आज भोलीको जमाना एउटा पनि केटिहरु राम्रा भेटिन्न सब खतम्" आजका युबा पुस्ता बोल्नलाई गारो छैन र भनि पनि हाल्छन मुख भरीको गालीसँगै अनलाईनतिर भेटिने केटिहरु त सब भालुहरु मात्र हुन् रे।
बिदेश आउने अनि अनलाईनमा भेटिने केटिहरु त सबै खतम नै हुन्छन । साथीहरुले त ठोकुवा नै दिएर बोल्ने गरेको पाईन्छ ।

यसै सोच अनुसार प्रबाशमा प्राय गरेर खाडि मुलुकहरुमा केटिसँग भेटघाट हुनु नै माल फेला पार्नु हो, र त्यो माललाई उम्कन नदिन नै सबैको ध्यान हुन्छ, र जुन माललाई र अरु पनि जति सक्दा धेरै मालहरुलाई हात पारेर उनको अष्तित्व माथि मजा लिननै पुरुषले आफ्नो बहादुरी ठान्छन् । साथिभाईसँगको रमाईलो गफ गाफको बिषय बनाईन्छ निर्लज्ज र निस्फिक्रि, अनि बयान हुन थाल्छ मालसँग बिताएको क्षणहरुसँगै चलाखिकासाथ जुक्ति लगाएर माल लाई फसाईएको बहादुरीका कथाहरु युबाहरुमाझ Time pass को अत्यन्तै रसिलो र मार्मिक रोमान्टिक बिषय हुने गर्दछ ।

प्रबासमा काम गर्न जाने नेपाली नारीहरुको पनि कमि छैन । जहाँ एउटा केटिको मात्र मोबार्ईल नं भेटिनु पर्छ खरबारीमा डढेलो लागे झैं केटाहरुको मोबाईल मोबाईलमा नं सेभ भई सकेको हुन्छ अनि कल गरेर हुन्छ कि मिसकल गरेर हुन्छ उस्लाई सताउन सुरु गरिन्छ, मिठा मिठा गफ हरुमा जाल बुन्न सुरु गरिन्छ । अनि कति पय युबा साथि हरु सफल पनि हुन्छन् एकदिन उनको अष्तित्व लुट्न, अनि कहलाईन्छ उनि लाई, बिग्रिएकि केटि, भालु यस्तै यस्तै बदनामी उपमा हरु दिएर, अर्को बिषय बिदेश आउने केटि हरु त ठुलो पल्टेर केटा हरु सँग पनि बोल्दैनन् भनेर केटा हरुले नाना भाँतिको गाली सँगै उन्को अपमान गरिरहेको पाईन्छ, तर एउटा घटनाले मलाई यस कुराको ज्ञान दिलायो, दुबई माअ.ने.सा.स. को सामान्या मिटिङ सके पछि, नयाँ नेपाली साथि सँगको चिनजान सँगै दुई जना घुम्नलाई बरदुबई नेपाली चोक तिर गएका थियौं, बेलुकि तिरको मौसम, नेपाली पहिरनमा सजिएकी एउटा नेपाली नारीको दाईको नाता सँगै सिष्ट सभ्य र मिठो बोलीले हामि उनि सँग नजिक भयौं, नयाँ नेपाली बहिनि नै भनौं, उनि पनि खुशि थिईन हामि सँगको भेटमा, मलाई यस्तै लाग्थ्यो, निकै बेरको गफ पछि त्यो बहिनि चिसो खाँउ है दाई हरु भन्दै पेप्सी लिन दोकान मा पुगिन, सफाई कम्पनिमा काम गर्ने, बस्ने उनि एक्लि नेपाली रे, लाग्थ्यो नेपाली दाई हरु सँगको भेटमा उनि निकै खुशि छिन, तर यता मेरो साथि लाई भने साईत नै परेछ, "लौ साथि आज त राम्रो दिनमा पो घुम्न निस्किएछ, आज यस्को मोबाईल नं जसरी पनि नलिई हुन्न, केटि त चालु छे यार" म त छाँगा बाट खसे जतिकै भएँ, कति चाँडै पत्ता लाई हालेछ साथिले चालु केटि भनेर, मैंले धेरै सम्झाउन खोजे साथिलाई त्यास्तो सोच्नु गलत हो भनेर, तर साथिले उल्टै सिकाउन लाग्यो भनि रहेको थियो साथि " यो केटि डाईरेक्ट हामि सँग बोल्नु नजिकिनु भनेको यस्को चाला राम्रो होईन हामि किन पछि पर्ने, दुई दिनको जिन्दगि हो साथि मरि लानु के छ, चान्समा डान्स गर्नै पर्छ, अन्त्यामा मोबाईल नं लिन लाई भुलेनन् साथिले, उनि अपरिचित बहिनी ले पनि गा¥हो नमानि सजिलैले दिई नं, मलाई भने त्यो निर्दोष चेलिको निर्दोष भाब प्रति माया लागेर आयो र भाबि उनी प्रति आउने खतरा प्रति सोच मग्न भएँ म ।

2 comments:

  1. फर्किने क्रममा साथि निकै खुशि थियो किन कि उनको लागि स्पेशल माल ( केटि ) सिकार फेला परेको थियो, अझ सिकाउदै थियो मलाई केटि पट्याउने आईडिया हरु, बोल्नमा अफ्ठेरो थिएन उस्लाई, र छुट्ने बेला पनि उनले सुनाउन भुलेन मलाई, आज फेला पारेको माल लाई कुनै पनि हालतमा उम्कन नदिने, साथि बिबाहित थियो तर पनि उनलाई अलिकति पनि अफ्ठेरो पनाको आभास थिएन ,बहिनि लाई सचेत गराउनको लागि मैंले साथि सँग नं लिन खोजेँ, तर राजि भएन साथि, बेला बेला फोन गरेर सुनाउथ्यो, मायाको नाटक गरेर लठ्ठै पारेको कहानि हरु भन्थ्यो" साथि चान्स मात्र मिलि रहेको छैन, नत्र अहिले सम्म त मोज गरी सक्थें " मैंले जति भन्दा बिभिन्न बाहाना बाजिमा फोन लगाउन छाड्दैनथ्यो । पछि पनि अनेक बाहाना बाजी लगाउदै फसाएर उनि सँग गरेको मस्ति हरु सुनाउथ्यो " साथि केटि त लास्ट रण्डि भालु रैछे नेपालमा नै चालु केटि रैछे भेटनलाई त मैले बोलाउन नै नपर्ने आफैले पो बोलाउछ" एक दिन फेरि साथिले फोन गरेर भन्यो " साला त्यो रण्डिले त फोन नै उठाउदैन यार ल साथि पट्याएर मजा गर्ने हो भने नं लिनुस, मैले नं लिएर धेरै पल्ट कल गर्दा बल्ल एक पटक उठ्यो फोन, आवाज सुनियो " सरि कल नगर्नुहोला भनेर, मन नमिठो थियो, यहि सोच्न पुगे म एउटा निर्दोष नारी लाई किन यतिको अपमान् ?

    आज तिन साल पछाडि मैले लेखेको एउटा पुष्तक भेटन पुगेछन साथिले, र फोन लागाई हालेछन मलाई, बधाई र शुभकामना सँगै, तर उन्ले एउटा कुरा सोध्न भुलेनन्," पहिलाको मालको के छ त खबर मोबाईल नं पास गर्नुस न साथि अब त भुली होली फेरी पट्याएर मोज गर्नु प¥यो," निसंकोच उन्को बोलीले म झर्किन पुगें " माल हरुको खबर त तिमि हरु जस्तालाई पो थाहा हुन्छ अब बाट कृपया फोन नगर्नु " भन्दै कल काटें मैले,फेरी कल गरेर सरी माग्न पुगे उनि, नारी प्रतिको खराब सोचाई, बुझाई ले एउटि निर्दोष बहिनि लाई लुट्न पुगे साथि, आखिर पुरुष रण्डो कि नारी रण्डि ? रण्डि र बेश्याको गाली किन नारीलाई ?यो घटना त एउटा उदाहरण मात्र पो रहेछ पछि बिस्तारै थाहा पाँउदा यो बिकृति र उताउलो पना, त धेरै ब्यापक रहेछ नेपाली युबा माझ । म यो सोच्न बाध्या भएँ, पुरुष हरुको लागि केटी, पट्याउने माल नै हो त ?

    ReplyDelete
  2. मनोरञ्जन्को साधन मात्र हो नारी ? पक्कै होईन नारी र पुरुष बिना यो सन्सार को सार नै छैन, एकले अर्कालाई सम्मान र बिश्वास गर्न सकिएन भने मानबताको अर्थ नै कहाँ रह्यो र ? किन नारीलाई मात्र दोष दिन्छौं हामि ? पुरुषलाई रण्डिखानामा आफ्नो जवानीको प्यास बुझाउन छुट छ, अझ नपुगेर भर्खर फक्रिन लागेको जवान तरुनी हरुको खोजी गर्दै बाटो छेक्न र ढुक्न खुला पुरुष युबा हरुलई नारी लाई कस्ले रण्डि, बेश्या बनाएको हो भन्ने चेत आउन पर्छ । सतित्व जोगाउन के नारीको एकल प्रयासले मात्र सम्भब छ र ? किन पुरुषले पति ब्रता चाहन्छ ?हो नेपाली युबा पुस्ताले बिबेक गुमाउन हुन्न, यसरीनै नारीको अष्तित्व लुटेर क्षणिक मनोरञ्जन को खोजी मात्र गर्ने भने नारी र पुरुष बिचको साँचो माया के भन्ने कुरा कसरी बुझ्न सकिन्छ र । साथि भाई भेट घाट हुने बितिकै केटिको नै कुरा गरेर प्यास बुझाउदै मनोरन्जन लिनु पुरुष युबा हरुले अलि लाज माने देखि समाज र सँस्कार अलि सभ्या बन्ने थियो । नारीलाई खेलौना नै सम्झीदै जाने हो भने एकदिन हाम्रा आमा, चेली बुहारी हरु सबै उहि रण्डि र बेश्याको सुचिमा त नपर्लान ? एउटा पुरुषले बाहाना बाजीलगाएर घरमा श्रीमान नभएको बेला कुनै नारीको अष्तित्व लुट्छ तर दोष त्याही नारीमा पर्छ ।

    हो पुरुषको खराब दृष्टिले असल नारीको अष्तित्वलाई माटोमा मिलाई रहेको हुन्छ । पुरुषले आफ्नो मति नसपार्ने हो भने नारीले पनि पुरुष बेश्यालय खोल्नु पर्‍यो र उस्को पनि जवानीको प्यास त बुझाउन प¥यो नि । आजको जमाना लोग्ने र स्वस्नी बिच डिभोर्स को सँखया बड्दो छ त्याहि नारी र पुरुष बिच बिश्वास नभएर नै हो । बिश्वास टुटाउने काम पुरुष बाट भएको छ । एउटा जवान नारी लाई देख्ने बितिकै ¥याल काढ्न थाल्छन युबा देखि बृद्ध पुरुष सम्म ले अनि घन्टौं र महिनों लगाएर भए पनि पछि लाग्न छाडिदैन भने आउने नयाँ पिढी हरुले कस्तो शिक्षा लिने यस्तो अग्रज बाट ? नारी निर्दोष छे, यस्को जिम्मेवार पुरुषले लिनै पर्छ, जस्तै बिग्रीएकी केटि भए पनि रण्डि बेश्या भनेर गाली निकाल्ने पुरुष लाई यदि अलिकति पनि बिबेक छ भने त्यो शब्द सुन्दा पनि मुटुमा दुख्नु पर्ने हो । नारीले सेक्सको अपिल गर्दै सडक र गल्लि गल्ली ढुक्दै, चहार्दै त हिडेको हुन्न नि । बिधवा नारी हरुले पनि आफ्नो प्यास लाई दबाएर नै राखेका हुन्छन । अर्काको श्रीमान माथि हात पात त गरेको छैनन् नि ।

    बैज्ञानिक आधार नै छ पुरुष लाई भन्दा नारीलाई बढि सेक्स चाहाना भएको कुरा, खै उनि हरुले त सहेरै बसेका छन ।नारी सँग सम्बन्ध गाँसौं तर नारीलाई हेर्ने खराब दृष्टि लाई हटाउ, सबै नारी हरु असल र राम्रा हुन्छन । बिबेकशिल समाज र सभ्या समाज बनाउन लाई आजका युबा हरुले सोच्न नै पर्ने बेला आएको छ । यदि राम्रो केटिको नै खोजिमा हुनुहुन्छ भने सबै केटिहरु राम्रो नै पाउनु हुनेछ, सबैलाई चेली, आमा, भाउजु, सथि ठान्न सक्नु हुन्छ । यदि नराम्रो नै केटिको खोजिमा हुनुहुन्छ भने गंगा जस्ति पबित्र केटि लाई पनि तँपाईले खराब देख्नु हुनेछ र सबै सँग आफ्नो जवानीको मजा लुट्न सक्नु हुनेछ, बाहाना बाजी लगाएर । त्यति बेला तँपाँइको लागी सबै नारी हरु रण्डि र बेश्या बन्नेछन सिङगो नारी हरुनै,त्यसैले आजै बाट राम्री केटिको खोजी गर्रौ, नारी र पुरुष बिचको बिश्वास लाई तोड्ने काम नगरौं । निसंकोच तरुनिको गफ चुट्न र पछि लाग्न लाज सरम चाँहि हुन जरुरी छ पुरुष साथि हरु, आफ्नो सँस्कार सभ्याता र बिबेक त गुमाउन भएन नि ।

    ReplyDelete