Saturday, September 12, 2015

धिमे

काठमाडौं उपत्यकाका प्रायःजसो नेवार समुदायले विभिन्न चाड, पर्ब, ब्रतबन्ध, विवाह, जंखो, भीमरथारोहण आदि जात्रा तथा उत्सवहरुमा बजाउने मुख्य बाजा नै धिमे बाजा हो। उनीहरु यसलाई आफ्नो संस्कृतिको एक प्रमुख अंग मान्दछन्। त्यसैले धिमे बाजाले समाज र संस्कृतिलाइ निरन्तरता र जीवन्तता दिएको छ। यसलाई निरन्तरता दिन तथा परम्परागत संस्कृतिको संरक्षणका लागि पनि ज्यापु समाजले अग्रज पाकाहरुमा रहेको धिमे बाजाको ज्ञान युवावर्गलाई सरल मात्रामा विस्तार गर्न बराबर धिमे बाजा प्रशिक्षण दिइरहेको बताइन्छ। काठमाडौं उपत्यकाका काठमाडौ, ललितपुर र भक्तपुर यी तिनै शहरहरुका नेवार युवा युवती सबैमा आफ्नो पारम्परिक बाजा सिक्नु पर्छ आफ्नो संस्कृतिलाई बचाउनु पर्छ भन्ने दह्रो भावना पाइन्छ। यसरी नयाँ पुस्तामा यो वाजाको ज्ञान भएमा विभिन्न जात्रा तथा पर्बहरु संस्कृतिको रौनक अझै बढने तथा धिमे बाजाको धुनले सबै युवा पिढीमा परम्परागत संस्कृति प्रति सकारात्मक सोच बढनुका साथै आफनो संस्कृति संरक्षणमा राम्रो छाप छोड्ने अग्रज नेवारहरुको विश्वास छ। भनिन्छ लगातार आधा घण्टासम्म धिमे बाजा बजाउने हो भने यसले शरीर तन्दुस्त बनाउनुका साथै राम्रो एक्सरसाइज पनि हुन्छ फूर्तिलो पनि हुन्छ। हो बास्तवमा धिमेको धुनले जसलाई पनि मख्ख पार्न सक्दछ सबै पाकाहरु भन्छन्।

No comments:

Post a Comment